
बागलुङ, ४ असोज ।
लायन्स क्लव अफ बागलुङ कालीगण्डकीको आयोजनामा बागलुङ नगरपालिका ४ कुडुलेमा अवस्थीत मुक्तिनाथ वेद् विद्याश्रम संस्कृत विद्यालयमा खाद्यान्न हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको छ ।
क्लवका अध्यक्ष अनुप रिजालले आफ्नो जन्म दीनको अवसरमा खाद्यान्न तथा नगद सहयोग गर्नु भएको हो ।
रिजालले विद्याश्रको लागी १० हजार वरावरको खाद्यान्न तथा नगद २५ हजार हस्तानत्रण गर्नु भएको थियो । साथै रिजालले आफ्नी श्रीमती प्रभा रिजालको तर्फवाट वार्षिक रुपमा १५ सय रुप्रयाका दरले सहयोग गर्ने घोषण गर्नु भएको छ ।
कार्यक्रममा वोल्दै विद्याश्रमका संरक्षक स्वामी ऋषि प्रपन्नाचार्यले मानव जन्मेर आफु मात्र वाच्नेमात्र नभई अरुको सेवामा आफुलाई समर्पित गर्न सके जिवन सार्थक वन्ने वताउनु भयो । नेपालीहरुले आफ्नो पुर्विय दर्शन विर्सीदै गएकोले समाजमा विकृती फैलदै गएको भन्दै अफ्नो मौलिकताको अनुसरण गर्नुपर्ने वताउनु भयो ।
क्लवका अध्यक्ष अनुप रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्ल्वका सुदिपराज ढुङगाना ,जोन चियर पर्सन एम.जे.एफ. दुर्गा कुवार ,विद्यालयका प्रअ शान्ती ज्ञवाली लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । क्लवका उपाध्यक्ष दल थापाको स्वागत श्याम प्रसाद शर्माको धन्यवाद मन्तव्य तथा सचिव नारायण आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।










