
बागलुङ, ३ असोज
जवरजस्ती करणी गरेको अभियोगमा निसीखोला गाउँपालिका–५ का दुर्इ युवालाई ईलाका प्रहरी कार्यालय बुर्तिबाङले कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाएको छ ।
गत भदौ २७ गते निसीखोला–४ कानाबगरमा तीजको मेला हेरेर साँझ घर फर्कदै गरेकी अन्दाजी १५ वर्षकी विश्वकर्मा थरकी एक कशोरीलाई कालापहिरासम्म लखेटी खोलाको तिरमा लगेर सामुहिक बलात्कार गरेको बताइएको छ ।
करणीको अभियोगमा निसीखोला गाउँपालिका–५ का २० वर्षीय खगेन्द्र विश्वकर्मा र सोही स्थान कै २५ का रामबहादुर विश्वकर्मालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाएको जानकारी दिए ।










