समृद्धि भीमापोखराका आधार

प्रेम के.सी.
पर्यटनको क्षेत्रमा थोरै मात्र नाम सुनिने जिल्ला बागलुङ हो भने बागलुङको पर्यटन क्षेत्रमा धेरै पर्यटकिय सम्भावना भएर पनि पछि रहेको छ । साविकको गाविस भीमापोखरा हाल काठेखोला २ बागलुङ सदरमुकामदेखि नजिकै छ सेवा सुविधामा अन्य गाउपालिका तथा नगरपालिकाका वार्डहरु भन्दा केही मात्रमा सुगमनै छ तर विभिन्न समयमा पर्यटनको वेला जिल्लामा वहस तथा समिक्षा हुदा कतै कुनै किसिमको परिचर्चा हुदैन भीमापोखराको पर्यटन विकासमा यो ठाउँलाई कसैले पनि चिनाउने प्रयत्न नगरेकै हुन । राजनितिक गर्ने ब्याक्तिहरुले पनि यस क्षेत्रको प्रचार प्रसार गरेनन र थोरै मात्र त्यस्तो ठाउँमा पुगेका मात्र छन । पर्यटन विकासको भारी सम्भावना बोकेको भीमापोखराका बारेमा संक्षेपमा चर्चा गर्ने प्रयत्न यस लेखमा गरिएको छ ।
भीमापोखरामा रहेकमा ऐतिहासिक ठाउँ
१. कोट दरवार क्षेत्र
भीमापोखराको मुल्ठानामा एउटा भग्नावशेष दरावार छ । जहा वाइसे चौविसे राज्य अन्तरगत यो पनि एउटा राज्य थियो । भुरे टाकुरे राजाहरुले आफ्नो राज्य संचालन गरेको पाईन्छ त्यस दरवार भएको ठाउ भन्दा केही तल भीमा रानीले आफ्नो पतिको सम्झनामा वनाएको एउटा पोखरी पनि छ त्यही पोखरीलाई भीमापोखरी भन्ने गरियो पछि गाविस नामकरण गर्दा भीमापोखरी भनी नामकणर गरियता पनि पछि भीमापोखरी भन्दा भन्दै भीमापोखरा रहन गएको हो भन्ने गरिन्छ । यो ठाउँबाट भीमापोखराका सर्वै ठाउहरु देखिन्छन भने हाल काठेखोला गाउपालिकाका सवै वार्डहरु र ति वार्डहरुका वस्तिहरु देखिन्छ । यो भग्नावशेष दरवारलाई पुननिमार्ण गर्न सकियो भने यो ठाउको मात्र नभएर यो क्षेत्रकै पर्यटन विकासमा महत्वपूर्ण भूमिका यस दरवारले दिन सक्छ । यहा कालरात्रीमा विशेष पूजा गरिदै आएको छ । यो दरवारमा ऐतिहासिक संग्रालय वनाउने हो भने पनि भीमापोखराको आर्थिक विकासमा महत्वपूर्ण स्थान रहने थियो ।
२. थाप्लेको धुरी
यो धुरी समुन्द्रि सतहदेखी २८६५ मिटर भन्दा अग्लो छ बुढा पाका के भन्छन भने गाजाको धुरी भन्दा थाप्लेको धुरी करिव ९ मिटर अग्लो छ । यसलाई वढी प्रचार प्रसारमा लिईएन जसको कारण यो धुरी पर्यटनको नाममा पछि परेको छ । माथि धुरीमा पुग्दा यही वसौ वसौ लाग्ने मान्छेको थाप्लो जस्तो भएर होला नामनै थाप्ले राखिएको यो धुरीवाट बागलुङ सदरमुकाम पर्वतको सदरमुकाम कुश्मा वजार त्यस्तै म्याग्दी जिल्लाको सदरमुकाम सहित म्याग्दिका करिव सवै गाउँपालिकाहरु स्पस्ट रुपमा देखिन्छ । त्यसका अलाव पर्वतका धेरै ठाउँहरु वागलुङका धेरै ठाउँहरु मात्र नभएर कास्की, गुल्मि, स्याङजा लगाएतका जिल्लाको पनि अवलोकन गर्न सकिन्छ । बागलुङका कुनै पनि धुरीबाट त्यसरी प्रत्क्षय रुपमा तीन जिल्लाका तीन सदरमुकामहरु देखिदैन यो धुरी वरीपरि प्राय जस चितुवा, भालु, वदेल, मृग, खरायो जस्ता जनावारको वासास्थान छ त्यस्तै कालिज, च्याखुरा र कहिलेकाही डाफे पनि देखिने गरेको पाईन्छ धौलागिरी हिमश्रङृखला तथा अन्नपूर्ण हिमश्रृङखलाहरु पनि देखिन्छ । अत्यन्तै रमणिय स्थल हो थाप्लेको धुरी । यो ठाउँमा विभिन्न संरचना तयार परि पर्यटकहरु भित्र्याउन सकिन्छ ।
३. गुनगुनेको धुरी
यो धुरी थाप्लेसंगै जोडिएको छ जहाबाट धाप्लेको धुरी पुग्न आधा घण्टा हिड्नु पर्दछ । समुन्दी्र सतहदेखी करिव २६०० मिटरको उचाइमा रहेको यो धुरीको छुट्टै विशेषताहरु छन । यहा वाइसे चौविसे राज्य अन्तरगत भीमापोखरा कोटमा दरवार वनाई वस्ने राजाले शिकार खेल्ल मात्र नभएर कहिलेकाही आरा गर्न गएको र अहिले पनि त्यो ठाउँमा भग्नावशेष पर्खालहरु देख्न सकिन्छ त्यहाँवाट पनि थाहा हुन्छकी त्यहापनि दरवारनै थियो जहाँ लड्नु पर्ने अवस्था आएपनि डाडामा भएको हुदा कहि कतैबाट आक्रमण हुने अवस्था नभएको कारण राजा कहिलेकाही त्यही वस्थे कि भन्ने अनुमान गरिन्छ । हाल त्यो ठाउँमा वार्षिक रुपमा शिवजी तथा सत्यनारायणको पुजा गरिन्छ । खडेरे परेको अवस्थामा त्यस ठाउमा पुजा गरे पानि पर्छ गाउँमा कुनै किसिमको अनिष्ट हुदैन असिना पर्दैन परिवारमा सुःख शान्ति मिल्छ भन्ने किंवादन्ति पनि छ । यसको ठिक १५ मिनेट तल दह भन्ने ठाउँ छ त्यहा खानको लागी पानीको व्यवस्थापन गरिएको छ । जुन ठाउमा ब्रराह छन भनि पुजा गरिदै आएको छ गुनगुने पुज्न जादा त्यहा पनि ब्रराह पुज्ने पनि गरिन्छ । वरपर ठुला ठुला सम्मा परेका चउरहरु पनि छन यो धुरीबाट पनि थाप्लेको धुरीबाट जस्तै विभिन्न हिमश्रृङखलाहरु तथा गाउँ वस्तिहरु देखिन्छ । यो ठाउ पनि उच्च ठाउमा रहेकोले त्यहाँ मन्दिरको निर्माण गरि अहिले हामीहरुले गर्दै आएको पुजालाई दैनिक रुपमा पुजा गर्ने हो भने त्यस ठाउको विकास मात्र नभएर समग्र वार्ड तथा गाउँपालिकाको पनि पर्यटन विकास गर्न सकिन्छ ।
४. घुमानेको धुरी
यो धुरी निकै रमणिय छ त्यही भएर हुनसक्छ नेकपाका नेता सगरमाथा आरोही कृष्ण के.सी ले यो धुरीको नामनै परिवर्तन गरी कान्छो धौलागिरी नामकरण गरेका छन । धुरीमा समथर रुपमा एउटा ढुङ्गा छ जहा वस्दा आनन्द आउने र मनोरम वातावरण पनि छ समुन्द्रि सतहवाट करिव २५०० मिटरको उचाईमा रहेको यो ठाउँमा आजभोली समय समयमा वनभोज जाने रात्रकालिन वातावरणमा रमाउनको लागी त्यही ठाउँमा वास वसेर रमाउनेहरु धेरै भटिन थालेका छन । नजिकै म्याग्दी जिल्लाको भकिम्लि जानको लागि पनि वाटो भएर हुन सक्छ यो ठाउमा चहलपहल वढेको देखिन्छ । अक्षेत , सलाम, सीम, डोहेरी हुदै म्याग्दिको भकिम्लि मोटरवाटो जोड्न सक्ने हो भने यो ठाउँ विशेषत वनभोज जानको लागी निकै राम्रो ठाउँ वन्ने छ । त्यस्तै यस ठाउमा विभिन्न सहिद पार्कहरु, शालिकहरु निर्माण गर्न सकिन्छ । यही क्षेत्र वरपर विभिन्न त्यस्तै अग्ला धुरीहरु पनि छन ।
५. माहारानी थान
यो थानमा परापर्व कालदेखि पूजा अर्चना गरेको पाईन्छ  ।साविक भीमापोखरा गाविसको वार्ड न.ं ७ मा अवस्थित महारानिको थान जहावाट म्याग्दिमा स्थापना भएको महारानिको थान त्यसै ठाउको एउटा ढुङगा लगेर स्थापना गरिएको हो भन्ने एकाकदा सुन्नमा आएको छ । म्याग्दिमा प्रचार प्रसार गरियो र महारानी थानको महत्व वढाईयो तर यो ठाउँको प्रचार नगरेकौ कारण पछाडी पर्न गएको हो ।
६. भूमिको थान
यो थानमा वार्षिक रुपमा साविक भीमापोखरा गाविसका सवै वार्डहरु मिलेर सामुहिक रुपमा पुजा गर्ने गरिरहेका छन । जसमा साविकको गाविसवाट केही रकम छुट्टाएर केही साविकका सवै वार्डले व्याहोर्ने गरी आज पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । भूमिको थान बागलुङ जिल्लामा कहि कतै त्यसरी भुमि पुजेको पाइदैन । पानी पार्नको लागि भुमि पुजिन्छ भने त्यो दिन खेतवारी खन्नु जोत्नु हुदैन खेतवारी विरामी पर्छन भनेर त्यो दिन खेत वारीमा काम गरिदैन ।
७. विभिन्न मेला महोत्सवहरु
भीमापोखरामा विभिन्न समयमा मेलाहरु मनाउदै पहिला पहिला कोट मन्दिरमा कालरात्रि मेला लगाउने गरेको पाईन्छ पछि सीममा शिवालयको मन्दिर विद्यालय निमार्ण संगै विभिन्न कार्याक्रम गरिएको रहिछ त्यस्तै भीमापोखरा युवा कवल वि.वाई.सी को स्थापना पछि साविक भीमापोखराको वार्ड न.ं ९ को शिवालय आधारभूत विद्यालयको प्राङगढमा महाशिवत्री मेला गरिदै आएको इतिहास रहेको छ सो ठाउमा विद्यालयको स्थापना संगै तिज तथा वालाचतुरदशि मा पनि मेला लगाइन्थ्यो पछि त्यस्लाई निरन्तरता दिन सकिएको छैन भने पछि ग्रिन कलव हुदै हाल सम्म पनि सो ठाउमा महाशिवरात्रीको अवसरमा पुष्पाञ्जली ग्रामिण विकास केन्द्रले विभिन्न मेला महोत्सव गर्दै आएको छ त्यस्तै धेरै पछि आएर साविक वार्ड ८ मा सिमसिम युवा कलवले प्रयेक वर्ष गर्ने माघेसक्रान्ति मेला मनाउन लागिएको हो त्यस्तै वार्ड नं. ५ गैह्रथोकमा स्थानिय सस्ंथा प्रगतिशिल युवा कलवले पनि हरेक वर्ष माघेसक्रान्ति मेला मनाउदै आएको छ भने साविक वार्ड नं. ३ सलाममा नव शान्ति युवा कलवले पुर्णिमा मेला वार्षिक रुपमा गर्दै आएको छ आज भोलि अरु संघ संस्थाले पनि समय समयमा विविध मेला गरेको पाइन्छ । यि मेला महोत्सवले भीमापोखराको साकृतिक विकासमा महत्वपूर्ण योगदान दिएको छ भने धेरै राम्रा मान्छेहरुको उत्पादनको लागि पनि यि संघ संस्थाको योगदान रहेको छ । यि मेला महोत्सवलाई निरन्तरता दिदा राम्रो देखिन्छ । सकिदैन भने पनि वार्षिक रुपमा सवै संघ संस्था मिलेर पनि मेला महोत्सव गर्न सकिन्छ ।
भीमापोखरा भीत्र धेरै पर्यटकिय सम्भावना वोकेका स्थलहरु पनी छन विभिन्न मठ मन्दिरहरु पनि सवै साविकका वार्डहरुमा प्रसस्त देखिन्छन यि मठ मन्दिरको विकास तथा पन निर्माण गरिनु पर्दछ । अक्षेत सलाम सिम डोहेरी हुदै म्याग्दि जिल्ला जोड्ने मेटरवाटोलाई स्तर उन्नति गर्ने त्यस्तै तितौरे देखि भीमापोखरा हुदै धम्जा देउराली मोटरवाटोको पनि संगै विकास गर्नु पर्ने देखिन्छ । मुल्ठाना हुदै थाप्लेको धुरी सम्म पैदल जानको लागि राम्रो पैदल मार्ग निर्माण गरिनु पर्द छ । जसको प्रचार प्रसार गरिएन जसको कारण पर्यटन क्षेत्रमा भीमापोखराको नाम कमै मात्रमा आएको हो अव स्थानिय तह मात्र नभएर हामिहरु पनि आफ्नो क्षेत्रको पर्यटन विकासमा लाग्नु पर्दछ यि ठाउहरुमा जादा भीमापोखराका विभिन्न वस्तिहरुमा होम स्टेको व्यावस्था गर्दा राम्रो हुन्छ त्यस्तै समुन्द्रि सतहवाट २२ मिटरको उचाइमा रहेको डोहेरीमा होम स्टेहरु निमार्ण गर्न सकिन्छ जसको कारण पर्यटकहरु निर्धक्क रुपमा वस्न पाउन डोहेरी मा उत्पादन हुने आलु, फापारको ढिडो, कोदोको ढिडो , भागो तथा टिमुरको चटनी सवै स्थानिय उत्पादनको प्रयोग गर्न सकिन्छ । धेरै मान्छेको राजी रोटीको पनी विकास पर्यटन विकासलेनै गर्न सक्छा अक्षेते, सलाम, सीम, डोहेरी हुदै म्याग्दि जिल्लाका भकिम्लि हुदै तातोपानी तथा दरवाङ र ज्यामरुककोट सस्मको मोटरवाटो निर्माण गर्न सक्ने हो भने पनि पर्यटनको विकास अन्य ठाउमा भन्दा भीमापोखरामा छिटो हुने देखिन्छ । यि क्षेत्रहरुले हामिलाई वोलाइरहेको छ तर हामिहरु कानमा तेल हालेर वसिरहेका छौ । यि ठाउहरुको विकास गर्न सकियो भने समग्र भीमापोखराको मात्र नभएर काठेखोला गाउपालिका तथा बागलुङ नगरपालिका रहेको जिल्ला सदरमुकामको पनि आर्थिक तथा पर्यटकिय विकास हुनेछ । भीमापोखरामा होटल लगायत अन्य पसलहरुको पनि राम्रो स्रोतको रुपमा पर्यटनलाई लिन सकिन्छ ।
अन्तमा यि पर्यटकिय ठाउहरुको विकास गर्न सकिने मात्र हो भने भीमापोखराको आर्थिक विकास समृद्ध भीमापोखरा वनाउन सकिन्छ । हाल नेपाल सरकारले पनी पर्यटनवाट देशको कुल वजेटको १० प्रतिशत भन्दा माथि योगदान दिएको भन्दै आएको छ । एक थुकी सुकि दुई थुकि नदि भन्ने नेपाली उखान जस्तै एक्लैले केही गर्छु भनेर मात्र हुदैन सवै लागियो भने कसो त्यस क्षेत्रको पर्यटन विकास नहोलार । वार्डमा विनियोजित पर्यटन सम्वन्धि रकमलाई सही रुपमा सदुपयोग गर्ने र अन्यत्त्र वाट पनि स्रोत खोजी गरि काम गर्न सकिन्छ भने समय समयमा यस्ता ठाउहरुको प्रचार प्रसार गरिरहनु पर्ने देखिन्छ । अवश्य भीमापोखराको मात्र नभएर समग्र काठेखोला गाउपालिकाको विकासमा पनि यि क्षेत्रले टेवा पु¥यायने छ अनी मात्र वन्न सक्छ आर्थिक समृद्धि भीमापोखरा ।

 

 

 

 

२०७५ असोज २ गते प्रकाशित