
बागलुङ, १ असोज
ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमाना तुरतुरेको पहिरो क्रस गर्ने क्रममा एक महिलाको ज्यान गएको छ ।
बुर्तिबाङ बजार बाट भिमगिठे जाँदै गरेकी अर्घाखाँचीकि ३५ बर्षिया बिबिरन खातुनको पहिरोमा परि ज्यान गएको इलाका प्रहरी कार्यालय बुरिबाङका प्रहरी निरीक्षक ओमप्रकास यादबले जानकारी दिनुभयो ।
शुक्रबार राती गएको भीषण पहिरोबाट यात्रा गर्ने क्रममा माथीबाट पहिरो खस्दा खातुनको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
पहिरोमा अन्य केही पुरिएको आशंका गरिएपनि थप विवरण आएको छैन । पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सडक खुलाउन अझै केहि साता लाग्ने बताइएको छ । पहिरो खसिरहेकाले उक्त स्थान जोखिम पूर्ण रहेको स्थानियहले जानकारी दिए ।










