
बागलुङ, २१ भदौ ।
बागलुङको काठेखोला गाउँपालिका– २ भिमापोखरा स्थित जनकल्याण माविको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सोलर वक्ति वितरण गरिएको छ ।
वैकल्पिक उर्जा पर्वद्धन केन्द्र खुमलटार ललितपुरको सहयोग र वडा कार्यालय भिमापोखराले विद्यालयमा अध्ययरत एक सय ३० जना विद्यार्थीलाई सोलार वितरण गरेको हो ।
‘शिक्षाको लागी उज्यालो’ भन्ने नाराका साथ सुरु भएको वितरण कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले शैक्षिक गुणस्तर सुधारको लागि शिक्षाको लागि उज्यालो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षा सेवी टिकाराम सापकोटा, वडा अध्यक्ष विद्यापति शर्मा, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, भीमापोखरा युवा क्लव (विवाईसी)का अध्यक्ष मणिभद्र शर्मा, स्रोत व्यक्ति पूर्णप्रसाद ढुङ्गाना, विद्यालयका प्रधानाध्यापक लिलाराम सापकोटा, नेकपाका नेता रामप्रसाद शर्मा, अभिभावक होमनाथ गौतम, विद्यार्थी अङकित थापा, सुष्मा के.सी लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युगराज गौतमको अध्यक्षता, शिक्षक चन्द्रमणी उपाध्यायको स्वागत र शिक्षक विक्रम पौडेलको सन्चालनमा सम्पन्न भएको थियो ।










