
बागलुङ, ३० भदौ ।
बडिगाड गाउँपालिका–५ म्यालखोलामा जिप दुर्घटना भएको छ । बडिगाडको खौलार बजारदेखि न्वार तर्फ जाँदै गरेको लु २ च २८९३ नम्बरको जीप दुर्घटना भएको प्रहरी चौकी ग्वालीचौरले जनाएको छ ।
जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जीप शनिबार दिउसो साढे ४ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई प्रहरी र स्थानीयले उद्धार गरी ग्वालीचौर स्थित बडिगाड पोलिक्लिनीकमा पुराएका छन् ।
अहिले उनीहरुलाई पोलिक्लिनीकमा उपचार गराइ रहेको छ । के कारणले दुर्घटना भयो र कोको दुर्घटनामा परे भन्ने केही समयमा जानकारी आउने प्रहरीले जनाएको छ । जीप सडक भन्दा १ सय मिटर तल झरेको प्रहरीले जनाएको छ ।










