‘के गर्छस बुहारी पोख्छु उठाउँछु’ बन्नु हुन्न सहकारीः मन्त्री अर्याल

बागलुङ, १७ भदौ
भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्यमा अर्यालले सहकारी संस्था मर्जगरी पँुजीको एकीकृत गर्नुपर्ने बताउनुभएको छ ।
आदर्श संचार सहकारी संस्था लिमिटेड बागलुङको १२औँ वार्षिक साधारणसभाको उद्घाटन पछि बोल्दै मन्त्री अर्यालले सहकारी बचत र ऋणको क्षेत्रमा सिमिति नभई उत्पादन, उद्यम र व्यवसायीक बन्नुपर्नेमा जोड दिनुभयो । सहकारीहरु ‘के गर्छस बुहारी पोख्नु उठाउँछु’ भने जस्तै काम गर्न थाले मन्त्री अर्यालले भन्नुभयो– उद्देश्य अनुरुपको काम नगर्ने सहकारी के काम ?
धेरे सहकारी हुँदा सबै ठाउँमा राज्यको समान दृष्टिकोण पुग्न नसक्ने बताउँदै उहाँले ठूलो पूँजी र सबैलाई समेटने सहकारी निर्माण गर्नुपर्ने धारण राख्नुभएको थियो । ‘सहकारी गठन मात्र होईन, सफल बन्नु पर्छ’ मन्त्री अर्यालले भन्नुभयो– औचित्य पुष्टि गर्न नसक्ने सहकारीको काम छैन ।’ सहकारी जनताको पूँजी निर्माण गर्ने विश्वासिलो संस्था रहेको बताउँदै उहाँले–सहकारीको पूँजीलाई एकीकृत गरी परिचालनको नीति निर्माण गर्ने बताउनुभयो ।
‘बढ्दो बेरोजार न्यूनिकरणको लागि सहकारीको पूँजी परिचालन अनिवार्य रहेको उल्लेख गर्दे मन्त्री अर्यालले सहकारीको सम्पत्तिलाई एकीकरण गरी उत्पादनमा ल्याउने बताउनुभएको थियो । हामी पैसा नभएर गरिव होईन परिचालन गर्न नजानेर गरिव भएका छौँ’ उहाँले थप्नुभयो–‘सरकारी जनताको पैसा परिचालन गर्ने नीति अख्तियार गर्छ उद्यमी गर्नेलाई पैसाको अभाव हुँदैन ।’
उहाँले जनता आतंक हुने गरी कर नबढाउन स्थानीय तहलाई आग्रह गर्नुभएको थियो । संघियताको कार्यान्वयनको पहिलो चरणमा करको आतंक बारे आएका हल्लाले व्यवस्थामा असर पर्ने देखिएको भन्दै उहाँले जनतालाई सकस पर्ने गरी कर बढाउन नहुने बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधि सांसद मनकुमारी केसी, प्रदेशसभा सांसद सावित्रा राना, दिल बहादुर कार्की, लेखा संयोजक थानेश्वर गौतम लगायतले बोल्नुभएको थियो ।
संस्थाले १२औँ साधारणसभाबाट ७० वर्ष उमेर पुगेको जेष्ठ सेयर सदस्यलाई पेन्सन वितरण सुरु गरेको छ । मासिक एक सय रुपैयाँको दरले वार्षिक रुपमा एक हजार दुई सय रुपैयाँ प्रदान गर्ने संस्थाका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका सचिव प्रेम लामिछानेले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम आदर्श संचार सहकारी संस्थाका अध्यक्ष अमरबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष अन्जु जिसीको स्वागत र धौलागिरी जागरण दैनिकका सम्पादक रामबहादुर जिसीको संचालनमा सम्पन्न भएको थियो ।