आदर्श संचार सहकारीको अध्यक्षता अन्जु जिसी चयन

बागलुङ, १६ भदौ
धौलागिरीको पहिलो संचार सहकारी संस्था आर्दश संचार सहकारी संस्था बागलुङको अध्यक्षमा हुमाकुमारी जिसी ‘अन्जु’ चयन हुनुभएको छ ।
बागलुङ बजारमा शनिबार सम्पन्न १२औँ वार्षिक साधारणसभाले १५ सदस्य नयाँ संचालक समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा अनन्तबहादुर खडका, सचिवमा ललिता थापा, सहसचिवमा सरस्वती खडका परियार, कोषाध्यक्षमा पूर्णबहादुर कार्की रहनुभएको छ ।
समितिको सदस्यमा शान्ति श्रेष्ठ, राजेश खडका, सिर्जना थापा, अम्विका जिसी, खीमबहादुर केसी, दुर्गाबहादुर क्षेत्री, कमल छामिछाने, सावित्री खडका, देवी कार्की खडका रहनुभएको छ ।
अधिवेशनले थानेश्वप्रसाद गौतम संयोजकत्वमा तीन सदस्य लेखा समिति चयन गरेको छ । समितिको सदस्यमा पुष्पाकुमारी क्षत्री, राधाकृष्ण ज्ञवाली रहनुभएको छ ।