चार पत्रकार पुरस्कृत

बागलुङ, १६ भदौ ।
बागलुङका पत्रकार संगम घर्ती मगर ‘सृजनशिल पत्रकारिता पुरस्कार–२०७५’ बाट पुरस्कृत हुनुभएको छ ।
पत्रकार सन्तोष क्षत्री र सृजना पन्तद्वारा स्थापित उक्त पुरस्कार आदर्श संचार सहकारी संस्थाको १२औँ स्थापना दिवसको अवसरमा भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्यमा अर्यालले पत्रकार घर्तीलाई प्रदान गर्नुभएको हो ।
पत्रकार घर्तीलाई नगर ५ हजार पाँच सय, प्रसंसा पत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको थियो । नागरिक दैनिकका संवाददाता घर्ती बागलुङबाट प्रकाशित हुने मुक्तिक्षेत्र दैनिक लगायतको विद्युतिय तथा छापा माध्यममा आबद्ध रहनुभएको छ ।
यसैबीच, सहकारीले धौलागिरी जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिकालाई आफ्नो संचार माध्यम भन्दा बहिर रहेर सहयोग गर्ने पर्वतका पत्रकार लक्ष्मण सापकोटा, बागलुङका पत्रकार राम सुवेदी र बालकृष्ण सुवेदीलाई जनही नगर ५ हजार ५ सय, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।