विद्यामन्दिर पुस्तकालयले मनायो ११ औ राष्ट्रिय पुस्तकालय दिवस

बागलुङ, १५ भाद्र ।
समृद्ध समाज सुदृढ पुस्तकालय भन्ने मुल नारासहित ११ औ राष्ट्रिय पुस्तकालय दिवस बागलुङ सदरमुकाममा बिबिध कार्यक्रमका साथ सम्पन्न भयो ।
नेपाल कै पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको आयोजनामा भएको सप्ताह ब्यापी पुस्तकालय दिवसको मुख्य कार्यक्रममा बोल्ने बक्ताहरूले साच्चै समाजलाई राम्रो बनाउने हो भने प्रत्येक गाउँ गाउँमा सामुदायिक पुस्तकालय खोल्नु पर्ने धारणा राखेका थिए ।
सरकारले एक स्थानीय तह एक नमुना पुस्तकालय भनेर जुन नारा अगाडि सारेको छ यसलाई ब्यबहारिक रूपमा लागू गराउन सके यसले समाजलाई सकारात्मक प्रभाव पार्ने बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए ।
पुस्तकालय खोल्न जति गार्‍हो छ त्यसलाई निरन्तरता दिन झन गार्‍हो छ ७२ बर्ष देखि नियमित रूपमा संचालन भएको पुस्तकालय लाई नयाँ ढंगले संचालन गरिएको छ यसमा समाजको सहयोग र सद्भाव जरुरी छ अध्यक्ष राजभण्डारीले भने ।
धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर रामप्रसाद शर्माले भएको सामुदायिक पुस्तकालयको सहि सदुपयोग गर्न सकेमा यसले ब्यक्ति लाई मात्रै हैन समाजलाई फाइदा पुग्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष राजेन्द्र आचार्य पुस्तकालयका सल्लाहकार प्रेम छोटा पुर्ब अध्यक्ष गोबिन्द वझा पुरस्कृत बिद्यार्थी मनिषा निउरे लगायतका बक्ताहरूले पुस्तकालयको महत्त्व बारे प्रकाश पारेका थिए ।
पुस्तकालयका उपाध्यक्ष रामप्रसाद शर्माले आफ्नो बुवाको संझनामा संस्थापना गरेको स्वर्गीय गंगा प्रसाद शर्मा स्मृति कोष बाट कार्यक्रममा ।
पुस्तकालय दिवसको अवसरमा आयोजित अन्तर माबि बक्तित्वकला प्रतियोगितामा प्रथम हुने बिद्यामन्दिर माध्यमिक बिद्यालयका छात्रा मनिषा निउरे प्रथम भइ नगद ३ हजार युनिभरसल एकेडेमीका समिक्षा भुसाल दृतिय भई नगद २ हजार बिश्वकर्मा माबिका एलिशा गौतम तृतीय भइ नगद १ हजार र सिद्धार्थ शिक्षा सदनका राघव शर्मा शान्त्वना भइ नगद ५ सय र प्रमाणपत्र बाट पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा बिद्यामन्दिर पुस्तकालय बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले पुस्तकालय सम्बन्धि समाचार लेख्ने एकजना पत्रकार लाई नगद ५ हजार ५ सय ५५ रूपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए । पुस्तकालयका आजिवन सदस्य राजेन्द्र आचार्यले रू ३ हजार ५ सय बराबरको १० थान पुस्तक प्रदान गरेका थिए ।
पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन राम थापा अविरलले गर्नुभएको थियो ।