नेपाल बन्दको प्रभावले बागलुङ सुनसान

बागलुङ, २९ साउन ।
विप्लब नेतृत्वको नेकपाले गरेको नेपाल बन्दले बागलुङमा पनि प्रभाव परेको छ ।
बागलुङमा विहानै देखि लामो तथा छोटो दुरीका कुनै सवारी साधनहरु संचालन भएका छैनन । सवारी साधनहरु संचालन नहुँदा बागलुङबाट बाहिर जाने र बागलुङ आउने यात्रुहरु मर्कामा परेका छन् । यस्तै बजारका पसलहरु पनि खुलेका छैनन ।


बागलुङमा बन्दकर्ताहरु सडकमा नदेखिएपनि विहानैबाट नेपाली सेना र नेपाल प्रहरीले गस्ती गरिरहेका छन् । नेपाली सेनाले हतियार सहित गस्ती गरिरहेको छ ।
विप्लब नेतृत्वको नेकपाले आफ्ना कार्यकर्ताहरुलाई सरकारले पक्राउ गरेको भन्दै विना शर्त रिहाईको माग गर्दै बन्दको घोषणा गरेको थियो ।