बागलुङमा जनजाति पत्रकार महासंघको १९ औँ स्थापना दिवस मनाइयो

बागलुङ, २८ साउन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को १९ औँ स्थापना दिवस आईतबार बागलुङमा पनि मनाइएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागललुङले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्तहरुले आदिवासी जनजातिहरुको परम्परागत कला, संस्कृति, भेषभूषा ज्ञान, सीप र प्रविधिको संरक्षण र उपयोग सामग्री मिडियामा ल्याउनु पर्नेमा जोड दिएका छन् ।
भाषा संस्कृति र मौलिक रहनसहनलाई समाचारको विषय बनाई राष्ट्रिय सम्पत्तिको रुपमा जर्गेना गर्न संचार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले यस्ताखालका समाचारहरुलाई प्रकाशन र प्रसारण गर्नु पर्ने धारणा वक्ताहरुको थिए ।
त्यस्तै फोनिजका जिल्ला अध्यक्ष संगम घर्ती मगरले व्यावसायिक पत्रकारीताको विकास र आदिवासी सवाललाई फोनिजले सशक्त रुपमा उठाउने बताएका थिए । फोनिजले ‘समावेशी संचार अभ्यास र आवश्कता’ विषयक अन्तर संवाद कार्यक्रम गरेको थियो ।
कार्यक्रममा आदिवासी जनजाति अभियान्ता यम घर्ती मगर, आदिवासी जनजाति महासंघ बागलुङका सहल्लाकार मुकेशचन्द्र राजभण्डारी, पत्रकार कोपिला कँडेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य सन्तोश गौतम, स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी क्याम्पसका सभापति मनिष थापा लगाएतले मन्तव्य राखेका थिए ।