बागलुङ, २७ साउन
काठेखोला गाउँपालिका–३ घम्जादेखि बागलुङ बजार आउँदै गरेको ध १ ज ४८६९ नम्बरको जीप आईतबार काठेखोला–४ तंग्राममा दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।
दुर्घटनामा घाईते भएका काठेखोला–३ धम्जाका ४१ वर्षिय बोलेन्द्र विकलाई धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि थपउपचारको लागि पोखरा रिफर गरिएको छभने धम्जाकै १९ वर्षिय आशा वि.कको अहिले अञ्चल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बालनरसिंहनर राणाले जानकारी दिनुभयो ।
जीपको ब्रेक फेल भएको कारण सडकको कुनामा पल्टीएको थियो ।










