विवाईसीद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बागलुङ, २३ साउन
भीमापोखरा युवा क्लब विवाईसी बागलुङले बुधबार काठेखोला गाउँपालिका–१ पालाको जनकल्याण आधारभूत विद्यालयका विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
क्लबले एक कार्यक्रमको आयोजना गरि विद्यालयमा अध्ययनरत ८० जना विद्यार्थीहरुलाई २० हजार बराबरको शैक्षिक सामाग्री वितरण गरेको हो ।
उक्त अवसरमा बोल्दै भीमापोखरा युवा क्लबका कार्यवहाक अध्यक्ष मणिभद्र शर्माले विपन्न विद्यार्थीहरुलाई अध्ययापनको लागि सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामाग्री हस्तान्तरण गरेको बताउनुभयो । उहाँले क्लबले जिल्लाका विभिन्न विद्यालयका विपन्न र जेहेन्दार विद्यार्थीहरुका लागि प्रत्येक वर्ष शैक्षिक सामाग्रीहरु वितरण गर्दै आएको जानकारी दिए ।
उक्त कार्यक्रममा क्लबका कोषाध्यक्ष दिपक गौतम, सदस्य खिम बहादुर कार्की, काठेखोला गाउँपालिका वडा नम्बर १ का वडासदस्य भुमिराज खत्री, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गोविन्द बहादुर खड्का, विद्यालयका प्रधानाध्यापक बद्रि बहादुर भण्डारी, शिक्षक प्रेम बहादुर खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत विद्यार्थी पूर्णिमा भण्डारी र संचालन शिक्षक सुभास किसानले गर्नु भएको थियो ।