
रामप्रसाद घिमिरे
बागलुङ, १९ साउन ।
लियो क्लब अफ बागलुङ कालिकाका प्रथम उपाध्यक्ष कल्याण केसीले आफ्नो जन्मदिनको अवसरमा मानवसेवा आश्रम बागलुङलाई खाद्यन्न सहयोग गर्नुभएको छ ।
लियो क्लब अफ बागलुङ कालिकाले अगष्ट महिनामा खाद्यन्न हस्तान्तरण गर्ने महिनाको रुपमा लिएकाले क्लबका उपाध्यक्ष केसीले आश्रमलाई दैनिक उपभोग्य खाद्यन्न, फलफुल तथा जुस हस्तान्तरण गर्नुभएको हो ।
खाद्यन्न आश्रमकी सुमिरा लामालाई हस्तान्तरण पछि बोल्दै केसीले जन्म दिनको दिनमा पूण्यको काम गर्न पाउँदा आफु अत्यन्तै खुसी भएको बताउनुभयो । उहाँले युवाहरु पछिल्लो समयमा जन्मदिनको अवसर पारेर हजारौं रकम पार्टी प्यालेस र होटलमा मदिरामा सक्ने गरिरहेकोमा लियो क्लब अफ बागलुङ कालिकाले उक्त कामलाई निर्मुल पार्नको लागि अग्रसरता देखाएको र आफुले त्यसमा सहयोग गरेको बताउनुभयो ।
उक्त अवसरमा बोल्दै लियो क्लब अफ बागलुङ कालिकाका वर्ष २०१८/०१९ का अध्यक्ष अर्जुन कंडेलले युवाहरुलाई दुव्र्यसनीमा लाग्न नदिन र सामाजिक सेवाको काममा अग्रसरता देखाउनुपर्ने भन्दै क्लबले अगष्ट महिनाभरी गरिव, दैनिक खाना खाने अवस्था नाजुक रहेका र दिनदुखीहरुलाई खाद्यन्न सहयोग गर्ने बताउनुभयो । कंडेलले आगामि दिनहरुमा पनि क्लबले यो कार्यहरु निरन्तरता दिन अग्रसर रहने बताउनुभयो ।
खाद्यन्न क्लबका अध्यक्ष अर्जुन कंडेल, लियो क्लबका रिजन १ रिजन कोडिनेटर सन्दिप कार्की, क्लबका उपाध्यक्ष कल्याण केसी, सचिव सन्देश बोगटी लगायत क्लबका पदाधिकारीहरुले आश्रमकी सुमिरा लामालाई चामाल, दाल लगायत दैनिक खाद्यन्न बस्तु, फलफुल तथा जुसहरु हस्तान्तरण गरेका थिए ।
क्लबका अध्यक्ष कंडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धन्यवाद मन्तव्य आश्रमकी सुमिरा लामा र संचालन क्लबका सचिव सन्देश बोगटीले गर्नुभएको थियो ।
आश्रममा बालबालिका सहित २५ जना रहेका छन् ।










