
बागलुङ, १६ साउन ।
लियो क्लब अफ बागलुङ कालिकाको समन्वयमा बागलुङका व्यापारि युवराज कंडेलले जन्मदिनको अवसरमा बागलुङ नगरपालिका वडा नम्बर ३ मा निवासी बल बहादुर गन्धर्वलाई खाद्यन्न सहयोग गरेका छन् ।
बागलुङको बलेवामा जन्मेका गन्र्धवले आफ्नो जोश र जाँगर हुँदा गीत गायर र सारंगी बजाएर घरपरिवार धाने पनि अहिले बुढेशकाल लागेपछि घरमा विहान र बेलुकी खानको लागि केही नभएको बताए । उनीले आफु ८० वर्ष पुगेको बताउँदै ५वर्ष अघिदेखि सारंगी रेट्ने काम छोडेको बताए ।

यस्तै खाद्यन्न हस्तान्तरणपछि बोल्दै नमस्ते खाद्यन्न भण्डारका प्रोपाईटर कंडेलले आफुले आफ्नो जन्मदिनको दिनमा केही फरक र अरुलाई सहयोग गर्ने चाहना रहेको बेला लियो क्लब अफ बागलुङ कालिकाले त्यसमा समन्वय गरिदिएकोमा आफु खुसी भएको बताए । कंडेलले दिनदुखी र विहान र बेलुकीको गाँसको लागि टड्पी रहेकाहरुलाई सहयोग गर्दा मन्दिरमा गएर पुजा गरेको भन्दा ठूलो धर्म र मन शान्ति हुने बताए । कंडेलले गन्धर्वको परिवारलाई चामाल, दाल, तरकारी, नुन, मसलाहरु सहयोग गरेको बताए ।

लियो क्लबका रिजन १ रिजन कोडिनेटर सन्दिप कार्कीको अध्यक्षतामा सम्पन्न भएको खाद्यन्न हस्तान्तरण कार्यक्रममा धन्यवाद मन्तव्य लियो क्लब अफ बागलुङ कालिकाका सचिव सन्देश बोगटी, संचालन सहसचिव राम घिमिरे र मन्तव्य अध्यक्ष अर्जुन कंडेलले व्यक्त गरेका थिए ।










