लियो क्लब अफ बागलुङ कालिकाद्वारा बृक्षारोपण

बागलुङ, १४ साउन ।
लियो क्लव अफ बागलुङ कालिकाले बागलुङ नगरपालिका ४ उपल्लाचौरमा रहेको गौरीधाम मन्दिर परिषरमा बृक्षारोपण गरेको छ ।
साउनको दोश्रो सोमवारको अवसरमा मन्दिर परिसरमा बृक्षारोपण र अघिल्लो वर्ष रोपिएका विरुवाको संरक्षण तथा गोडमेल गरिएको हो ।
वृक्षारोपणको लायन्स क्लव अफ बागलुङ कालिकाका प्रथम उपाध्यक्ष तथा लियो क्लव अफ बागलुङ कालिकाका सल्लाहकार गोविन्द बहादुर पौडेल गोपाल र क्लवका अध्यक्ष अर्जुन कंडेले सुभारम्भ गर्नुभएको थियो ।
क्लवका पदाधिकारीले वेलपत्र, धुपी, असोका लागएत ८ प्रजातीका २ दर्जन विरुवा रोपेका हुन । साथै उनिहरुले गत वर्ष रोपेका विरुवाको गोडमेल तथा संरक्षण गरेको छन् ।
वृक्षारोपणको कार्यले भूक्षय न्युनिकरणको सार्थ वातावरणीय सन्तुलन कायम गर्न, जैविक विविधताको संरक्षण गर्न र जलवायु परिवर्तनको असर कम गर्न मद्दत गर्ने भएकोले वृक्षारोपण गरिएको जनाईएको छ ।