
बागलुङ, ११ साउन
बागलुङ सदरमुकाम देखि पश्चिम तमानखोला गाउँपालिकामा जंगली च्याउ खाँदा एकजनाको मृत्यु भएको छभने एकजना बिरामी परेका छन् ।
बागलुङ जिल्ला तमान गाउँ पालिका वडा नम्बर २ का ३० बर्षिय मनोज श्रीसको जंगलमा च्याउ खोजेर पोलेर खादा मृत्युु भएको छभने लिल बहादुर पुनको अवस्था गम्भिर रहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । बिषालु च्याउ खाएर बिरामी भएका पुनलाई उपचारको लागि हेलिकप्टरबाट लैजान खोजेपनि मौसम प्रतिकुलताको कारण हेलिकप्टर अवतरण हुन नसकेपछि अहिले उपचारको लागि बुर्तिबाङ ल्याईएको अध्यक्ष बुढाले बताए ।
ढोरपाटनको सिमानामा रहेको जंगलमा बिहिवार बिहान १० बजे च्याउ खोजेर भेटेपछि त्यहीँ पोलेर खाएपछि दुबै जना बेहोस भएको ३ बजेतिर पुनलाई होस आएपछि आफुसंगै गएको श्रीसको मृत्यु भएको खबर गरेपछि मात्रै घटनाको जानकारी भएको बुढाले बताए ।










