
बागलुङ, ५ साउन ।
लियो क्लब अफ बागलुङ कालिकाले शनिबार १८ जना नयाँ सदस्यहरुलाई स्वागत गरेको छ ।
सामाजिक सेवा गने उद्देश्यले स्थापित लियो क्लब अफ बागलुङले शनिबार रिजन मिटिङ तथा नयाँ सदस्यलाई स्वागत कार्यक्रम गर्दै क्लबमा आवद्धता हुन चाहने १८ जनालाई स्वागत गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ वि १ (एमवि ३२५) नेपालका, लायन्स क्लब अफ बागलुङका रिजन ३४ का चियर प्रसन नरेश कंडेलले लायन्स क्लब तथा लियो क्लबहरु नितान्त सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित भइ काम गरिरहेकाले क्लबमा लाग्ने सवैमा सामाजिक सेवाको भावना हुनुपर्ने बताउनुभयो । उहाँले बाहिर लायन्स तथा लियो क्लब भन्नाले धनीहरुको संस्था भन्ने बुझिने गरिएकोमा खण्डन गर्दै यस संस्थाहरु धनीहरुको मात्र नभएर सवै वर्गका मानिसहरुको क्लब भएको बताउनुभयो ।
उहाँले लायन्स र लियो क्लबहरु सामाजिक सेवा गर्नको लागि स्थापित भएकाले गरिवहरुले पनि सामाजिक सेवा गर्ने सक्ने भन्दै यहाँ कुनै गरिव र कुनै धनी भन्ने नरहेको बताउनुभयो ।
उक्त अवसरमा लियो डिस्ट्रिक ३२५ वि १ मा आवद्धता रहेका ६ क्लबहरु लियो क्लब अफ बागलुङ कालिका, लियो क्लब अफ धौलागिरी बागलुङ, लियो क्लब अफ बागलुङ सिटि, लियो क्लब अफ बेनी म्याग्दी, लियो क्लब अफ दरबाङ म्याग्दी, लियो क्लब अफ कुस्मा सिटिले वर्ष २०१८÷१९ मा गर्ने कामहरुको जानकारी गराएका थिए ।
उनीहरुले ट्राफिक नियमको बारेमा जनचेतना जगाउने, लियो सहकारी संचालन गर्ने, घर नभएकालाई घर निर्माणको लागि नेतृत्व लिने, लियो चौतारिको निर्माण गर्ने, लियो पार्कको निर्माण गर्ने, लियो फुटबल खेल संचालन गर्ने कार्यक्रमहरुको बारेमा जानकारी गराएको लियो क्लब अफ बागलुङ कालिकाका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।
क्लबहरुले लायन्स क्लबका हरेक कार्यक्रमहरुमा सहभागिता जनाएर सहयोग गर्ने पनि जनाएका छन् ।
कार्यक्रममा लायन्स क्लब र लियो क्लबहरुको बारेमा गोपाल बहादुर पौडेलले नयाँ सदस्यहरुलाई जानकारी गराउनुभएको थियोभने लियो क्लब अफ बागलुङ कालिका उपाध्यक्ष बलराम कंडेलले नयाँ सदस्यहरुको परिचय गराउनुभएको थियो ।
लियो क्लबका रिजन १ रिजन कोडिनेटर सन्दिप कार्कीको अध्यक्षतामा सम्पन्न भएको रिजन मिटिङ तथा लियो क्लब अफ बागलुङ कालिकामा आवद्धता नयाँ सदस्यलाई स्वागत कार्यक्रमको स्वागत मन्तव्य लियो क्लब अफ बागलुङ कालिकाका अध्यक्ष अर्जुन कंडेल, धन्यवाद मन्तव्य सहसचिव रामप्रसाद घिमिरे र संचालन सचिव सन्देश बोगटीले गर्नुभएको थियो ।










