बरेङ गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिलाई मैनबत्ती बनाउने तालिम

जीवन पौडेल
साउन २, बरेङ (बागलुङ) ।
बरेङ गाउँपालिकाको कार्यलयको सहयोग र अपाङगता सरोकार संघ बागलुङको आयोजनामा अपाङ्गता भएका व्यक्तिका लागी ३ दिने अपाङ्गता अभिमुखिकरण तथा मैनवत्ती बनाउने तालिम मंगलबार हुग्दिशिर सुदलामा सम्पन्न भएको छ ।
तालिमको राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्वर ४ का महासचिव तथा अपाङ्ग संघ म्याग्दीका सचिव सुरेन्द खत्री, अपाङ्गता सरोकार संघ बागलुङका सदस्य तथा जिल्ला संजालका सदस्य विजय कुमार श्रीस, अपाङ्गता सरोकार संघ बागलुङका कार्यक्रम अधिकृत रामप्रसाद घिमिरे, बरेङ गाउँपालीकाका प्रमुख प्रसाशकिय अधिकृत बैकुण्ठ पौडेल,लेखापाल पदम थापा लगाएतले सहजिकरण गर्नुभएको थियो ।
तालिममा अपाङ्गता सरोकार संघ बागलुङका सदस्य तथा जिल्ला संजालका सदस्य विजय कुमार श्रीस, अपाङ्गता सरोकार संघ बागलुङका कार्यक्रम अधिकृत रामप्रसाद घिमिरले सहभागिलाई मैनवत्ती बनाउने तालिममा सहजिकरण गर्नुभएको थियो ।
बरेङ गाउँपालीकाका ५ वटै वडा भित्रबाट अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको तालीममा बरेङ गाउँपालीका भित्रका सवै वडाका वडा अध्यक्ष, वडा सदस्य तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
प्रमुख प्रसाशकिय अधिकृत बैकुण्ठ पौडेलले सरकारले लक्षित वर्ग अन्र्तगत वजेट विनियोजन गर्ने र सो बजेट सहि क्षेत्र वा लक्षित वर्गसम्म पुर्याउनका लागी विभिन्न संघ संस्था, समितीको अहम भुमिका रहने र बरेङ गाउँपालिकाले अपाङ्ग लक्षित बजेट विनियोजन गरेकोमा पहिलो चरणमा आयोजना गरेको कार्यक्रम अत्यन्तै फलदायि भएको भन्दै खुसि व्यक्त गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा वोल्ने प्रत्यक वडाका वडा अध्यक्षले अपाङ्गता भएका व्यक्तिका लागी आगामी दिनमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिने प्रतिवद्धता व्यक्त गरेका छन ।


बागलुङ सदरमुकाम बाट दुर्गम क्षेत्रमा रहेको बरेङ गाउँपालिका सेवा सुविधाबाट बञ्चित हुँदै आएको यो कार्यक्रमले त्यस्ता व्यक्तिको लागी यस्ता कार्यक्रम तथा तालिमले समाजमा पछाडी पारिएका व्यक्तिको लागी महत्वपुर्ण हुने भन्दै सहभागिले आगामी दिनमा पनि विभिन्न अपाङ् लक्षित कार्यक्रमको आयोजना गर्न सुझाव समेत दिएका थिए ।
तालिममा सहभागिहरुले आफुहरु अहिलेसम्म घरभन्दा बाहिर आएर खुलेर बोल्न तथा कुनै पनि सिप सिक्न नपाएको र अहिले तालीम लिन पाउँदा खुसि व्यक्त गरेका थिए । साथै उनीहरुले अपाङ्गता भएकाहरुलाई समाजले फरक तरिकाले हेरेतापनि आफुले पनि केही गरेर आत्मनिर्भर तथा स्वरोजगार बन्न सकिने बताएका थिए ।
साथै तालिममा अपाङ्गता भएका प्रत्यक वडाका सहभागि मध्यबाट २० जनालाई सहयोगि समाग्री समेत वितरण गरिएको थियो । जसमध्य १५ जनालाई लठ्ठी,२ जानालाई बैसाखी, ३ जनालाई सेतो छडी वितरण गरिएको अपाङ्गता सरोकार संघ बागलुङका कार्यक्रम अधिकृत रामप्रसाद घिमिरले जानकारी दिनुभयो ।
त्यस्तै समापन कार्यक्रममा जीवराज शर्माको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका स्तरीय अपाङ्गता संजाल समेत गठन गरिएको छ । जसको उपाध्यक्षमा टिकाराम गौतम, सचिव चन्द्रकला छन्त्याल, कोषाध्यक्ष रुमा विक, सहसचिव कृष्ण प्रसाद शर्मा सर्वसम्मत चयन भएका छन । त्यस्तै सदस्यहरुमा प्रकाश वोहोरा, टेक बहादुर थापा, चन्द्र बहादुर खत्री,पार्वती शर्मा, कोपिला थापा, रमा पौडेल, रहेका छन ।
त्यस्तै समितिको सल्लाहकारमा गाउँपालीकाका अध्यष्क्ष कृष्ण प्रसाद शर्मा ,प्रमुख प्रसासकिय अधिकृत बैकुण्ठ पौडेल,लिलाराम पौडेल, लाल बहादु पुन, लोक विर दमै रहनुभएको छ । आर्थिक वर्ष २०७४/०७५ को अपाङ्ग लक्षित कार्यक्रम अन्तर्गत सो कार्यक्रमको आयोजना गरीएको गाउँपालीकाका प्रमुख प्रसासकिय अधिकृत पौडेलको भनाई छ ।
मैनबत्ती बनाउने तालिम तथा अभिमुखिकरण कार्यक्रम र गाउँपालिका विभिन्न स्थानमा होडिङ वोर्ड लगाउने काम गरीएको छ । जस अन्तर्गत वडा नम्वर १ बरेङ बजारमा , वडा नम्वर २ सुँदला र वडा नम्वर ३ को बाटाकाचौर नया वजारमा सुचनामुलक होडीङबोर्ड लगाइएको हो ।
साथै समापन कार्यक्रममा सहभागिले तालिम पश्चात निर्माण गरेका मैनवत्ती प्रमुख अतिथि, अतिथि तथा प्रत्यक वडाका वडा अध्यक्ष लगाएतलाई मायाको चिनो स्वरुप मैनवत्ती प्रदान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा प्रत्यक वडामा १/१ वटा मैनवत्ती बनाउने मेसिन (दाइ) र ५/५ केजी मैन समेत प्रदान गरिएको छ । मेसिन प्रदान गर्दै तालिमका प्रशिक्षक विजय कुमार श्रीसले मारेको माछा खाने होइन की माछा मारेर खान सिक्नुपर्ने बतउनुभएको थियो ।
कार्यक्रम अपाङ्गता सरोकार संघ बागलुङका सदस्य तथा जिल्ला संजालका सदस्य विजय कुमार श्रीसको अध्यक्षता, बरेङ गाउँपालीकाका प्रमुख प्रसाशकिय अधिकृत बैकुण्ठ पौडेलको प्रमुख आथित्यता, ५ वटै वडाका वडा अध्यक्ष,तथा सरोकारवालाको सहभागित रहेको कार्यक्रम अपाङ्गता सरोकार संघ बागलुङका कार्यक्रम अधिकृत रामप्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।