गल्कोटमा जीप दुर्घटनामा १४ घाईते, ४ गम्भिर

नवीन शिशिर
बागलुङ, २ साउन ।
बागलुङको गल्कोट नगरपालिका–११ रिघा भालुपाईले स्थित रईले खोला नजिक जीप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् ।
बागलुङ बजारदेखि बूर्तिवाङको लागि छुटेको ध १ ज १४९ नम्बरको जीप अनियन्त्रीत भई सडक नालीमा पल्टीदा जीपमा सवार १४ जना घाईते भएको हुन । घईते मध्ये चार जनाको अवस्था गम्भिर रहेको छ ।
गम्भिर घाईते हुनेमा पत्रकार महासंघका निर्वतमान महासचिव ढोरपाटन नगरपालिका–४ का उजिर मगर, बडिगाड गाउँपालिका–५ की संगीता पुन, गल्कोट नगरपालिका–१० पाण्डवखानीका दिपक पुन र बडिगाड–९ का दिलेन्द्र बुढा मगर रहनुभएको छ ।
अन्य घाईतेमा बेनी नगरपालिका–३ की तिर्सना छन्त्याल, सोही स्थानीकी कल्पना छन्त्याल, बडिगाड गाउँपालिका–९ का सुमन बुढा मगर र काठेखोला गाउँपालिका–३ धम्जाका टिकाराम नेपाली रहेको प्रहरी नायव निरीक्षक मनबहादुर विकले जानकारी दिनुभएको छ । उनीहरुलाई थप उपचारको लागि पोखरा रिफर गरिएको छ ।
सामान्य घाईते हुनेमा निसीखोला गाउँपालिका–४ का मकर थापा, कावासेती नगरपालिका नवलपरासीका राजकुमार श्रेष्ठ, बडीगाड गाउँपालिका–३ का कृष्ण थापा, ढोरपाटन नगरपालिका–९ का मन्जु कार्की र उहाँकी छोरी रञ्जिता कार्की, बडिगाड गाउँपालिका–६ का लोकबहादुर खत्री रहनुभएको छ । उनीहरुको आरोग्य अस्पताल हटियामा उपचार भैरहेको छ ।