सिद्धेश्वर महादेव मन्दिरको प्राण प्रतिष्ठा

राजेशचन्द्र राजभण्डारी
बागलुङ, २ साउन ।
राधाकृष्ण मन्दिर परिसमा नब निर्मित श्री सिद्धेशवर महादेव मन्दिरको प्राण प्रतिष्ठा एंवम अनावरण श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले धार्मिक विधि अनुसार शुभ साइडमा गरे ।
बागलुङ नगरपालिका वडा नम्बर ३ हाल काठमाडौ कुलेश्वर निवासी सुकन्द प्रसाद प्रधान सरिता प्रधानले अाफ्नाे पुर्खाहरूकाे संझनामा करिब २ लाख ५० हजार खर्च गरेर साे सिद्धेश्वर महादेव मन्दिर निर्माण गरिदिएको राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारीले बताए ।
बागलुङ नगरपालिका वडा ३ मा अबस्थित राधाकृष्ण मन्दिरसंगै शिव मन्दिर दुई सातामा निर्माण गरेर सम्पन्न गरिएको अध्यक्ष राजभण्डारीले बताए ।
श्रावण महिना भगवान शिवको पुजा अारधना गर्ने महिना भएको कारणले पनि हिन्दू धर्मावलम्बीको चाहना र भावना बमोजिम सबै भक्तजनलाइ पुजा अर्चना गर्न सहज गराउन मन्दिर छाेटाे समयमा निर्माणकार्य सम्पन्न गरि प्राण प्रतिष्ठा समेत सम्पन्न गरेको राधाकृष्ण मन्दिर सेवा समितिका सचिव हरिप्रसाद उपाध्यायले बताए ।
बागलुङ सदरमुकाम भित्र भगवान शिवको पुजा गर्न सबैलाई सहज हुने भएको छ । बि.स. १९९३ सालमा स्थापना भएको राधाकृष्ण मन्दिरमा भगवान राधा र कृष्णकाे मुर्ति स्थापित गरि पुजा हुदै अाएकाे छ । भगवान शिवको पनि मन्दिर निर्माण पछि भने अब यहाँको चहलपहल झनै बढ्ने निश्चित देखिन्छ ।