
बागलुङ, २१ साउन ।
काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराको दपासामा पहिरो जाँदा बागलुङ–भीमापोखरा सडक अवरुद्ध भएको छ ।
मंगलबार बेलुकादेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले भीमापोखरा देखि बागलुङ बजार आउने र बजारदेखि भीमापोखरा जाने सवै सवारी साधनहरुलाई अहोर दोहोर गर्न जोखिम पूर्ण भएको सवारी चालक सञ्जय किसानले बताए ।

बुधबार विहान सडकको पहिरो केही पन्छाएर सवारीसाधनहरु ओहोर दोहोर गराएपनि पुन पहिरो जाने खतरा रहेको स्थानिय भिम किसानले बताए ।










