
राजेशचन्द्र राजभण्डारी
बागलुङ, १ श्रावण ।
लायन्स क्लब अफ बागलुङले धौलागिरि अन्चल अस्पताल बागलुङको स्वास्थ सेवालाई थप मद्दत पुर्याउने उदेश्यले इटलिको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ए.एन.टि.को सहयोगमा प्राप्त मेडिकल सामाग्री हस्तान्तरण गरेको गरियो ।
धौलागिरि अन्चल अस्पताल बागलुङमा एक कार्यक्रम गरि इटालियन अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डे वान हेल्थ र एम, टी, सि, एसले लायन्स क्लब अफ बागलुङको सहकार्यमा करिब १५ लाख बराबरको अस्पताल लाई आवश्यक पर्ने मेडिकल सामाग्री अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सागर राजभण्डारीलाई बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले हस्तान्तर गरेका थिए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले अहिले भएको उपकरण हस्तान्तरणले अस्पतालमा आउने बिरामीको स्वास्थ उपचारमा सहयोग पुग्ने हुदा यसलाई उपयोग गर्न सक्नुपर्ने धारणा राखेका थिए ।
धौलागिरि अन्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सागर राजभण्डारीले अस्पतालमा नयाँ नयाँ उपकरण मात्रै हैन यो प्रयोग गर्ने डाक्टर पनि जिल्लामा ल्याउन सक्नुपर्ने अहिले दरबन्दी अनुसारको डाक्टर नहुदा समस्या भएको धारणा राखेका थिए ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ नेपालका दृतिय भाइस गभर्नर लायन मनबहादुर रोकाले लायन्स क्लबको काम मानवीय सेवामा लाग्ने अहिले अस्पतालको लागि आबश्यक पर्ने उपकरण ल्याउन समेत लायन्सले सहकार्य गरेको बताए ।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ बागलुङका अध्यक्ष प्रकाश चालिसे स्वागत बिकास शर्मा संचालन सचिव प्रेम केसीले गरेका थिए










