
रामप्रसाद घिमिरे
बागलुङ (बुर्तिबाङ), ३० असार ।
बुर्तिबाङ बजारको प्रवेशद्वारामा शुक्रबार रातीदेखि पहिरो जाँदा बजार प्रवेश गर्ने सवारीहरु विचमै अलपत्र परेका छन् ।
गएरातीदेखि बजारको प्रवेशद्वारमा पर्ने उत्तरगंगा माविको ग्राउण्डको पर्खाल भत्तिएर पहिरो खस्न सुरु गरेकाले बजारदेखि निर्धारित समयमा छुट्ने र काठमाडौं, बागलुङ बजार, गुल्मी लगायतका स्थानबाट बुर्तिबाङ बजारमा जाने सवारी साधन रातिदेखि नै बीचैमा अलपत्र परेका छन् ।

बाटो खुलाउन विहानदेखि डोजर प्रयोग गरिएकाले १, २ घण्टामा सडक पुनः सञ्चालन हुने इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रमुख ओमप्रकास यादवले बताए ।
एक वर्ष अगाडी उत्तरगंगा माविको ग्राउण्ड निर्माणको लागि उठाईएको पर्खाल शुक्रबार साँझदेखि परेको अविरल वर्षाका पहिरो गएको हो । वर्खायाम सुरुभएदेखिनै पहिरो खस्ने क्रम जारी रहेता पनि शुक्रबार साँझ सडक नै अवरुद्ध हुने गरी पहिरो खसेको प्रमुख यादवले बताए ।










