बागलुङका सबै बालबालिकाले खाेप लगाए

34

राजेशचन्द्र राजभण्डारी
बागलुङ, २७ असार
बागलुङ जिल्ला पूर्ण खाेप सुनिश्चित जिल्ला बन्न सफल भएको सदरमुकाममा पत्रकार सम्मेलन गरि जानकारी गराइयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयले अायाेजना गरेको अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा जिल्ला जनस्वास्थ्य अधिकृत दिपक प्रसाद तिवारीले जन्मेदेखि १५ महिनासम्मका ५ हजार ९ सय ६९ जना र १६ महिना देखि २३ महिनासम्मका ३ हजार ९ सय ६ जना बालबालिकालाई दिनुपर्ने सबै खालको खाेप लगाएपछि जिल्लालाई पूर्ण खाेप सुनिश्चित जिल्ला घाेषणा गरिएको बताए ।
सरकारले राखेको लक्ष १६ महिना देखि २३ महिनासम्मकाे बालबालिका लाई पूर्ण खाेप लगाएपछि मात्रै जिल्ला घाेषणा गर्ने कार्यक्रम अन्तर्गत सबै मापदण्ड पुरागरेपछि बागलुङ ४७ अाै जिल्ला बन्न सफल भएको जनस्वास्थ्य अधिकृत तिवारीले बताए । अहिले खाेप लगाइएका सबै बालबालिकाकाे कार्ड समेत सुरिक्षित रूपमा राख्न अभिभावकलाई भनिएको कार्यक्रममा जानकारी गराइएको थियो ।
बागलुङ जिल्लाकाे ४ वटा नगरपालिका ६ वटा गाउँ पालिकामा सबै खालको जनशक्ति प्रयोग गरेर जिल्लालाई पूर्ण खाेप सुनिश्चित जिल्ला घाेषणा गरिएको साे कार्यक्रम सफल पार्न जिल्ला जनस्वास्थ्य कार्यालय बाट २ लाख ६२ हजार खर्च भएको विवरण समेत पेश गरिएको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पाैडेलले स्वास्थ संग सराेकार राख्ने सबै कार्यक्रम लाई अाफुले अागामी दिन सहयोग गर्ने धारणा राखेका थिए ।कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष राजेशचन्द्र राजभण्डारी जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दिपक प्रसाद तिवारी अध्यक्षता जिल्ला समन्वय समितिका अध्यक्ष राजेन्द्र ढुंगानाले कार्यक्रम संचालन जिल्ला जनस्वास्थ्य कार्यालयका तेजप्रसाद निउरेले गरेका थिए ।