विहुँ काउँलेका १४ परिवारलाई जापान समाज विहुँकोटको सहयोग

101

भरत प्रसाद सापकोटा
बागलुङ (बिहुँ), १८ असार ।
काठेखोला गाउँपालिका वडा नम्बर ५ विहुँ काउँलेका घरबारविहिन १४ परिवारलाई जापान समाज विहुँकोट बागलुङले १२ हजार बराबरको कर्कत पाता वितरण गरेको छ ।
काउले गाउँका १४ दलित परिवारलाई सोमबार जापान समाजका संस्थापक एवं सल्लाहाकार दिपक सुवेदी, तथा प्रतिनिधी सभाका सदस्य डा. सुर्य पाठकले संयुक्तरुपमा कर्कत पाता हस्तान्तरण गर्नुभएको थियो ।
केहि दिनदेखिको अविरल वर्षाले जमिन चर्केरको काठेखोला गाउँपालिका–५ काउलेको दलित बस्ती बग्ने सम्भावना भएको भएको । आईतबार प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको टोली निरीक्षण तथा पीडित परिवारलाई राहत वितरण गर्न पुग्दा चर्किएर भत्किन लागेका दलित बस्तीहरु भत्किएका छन् ।
कतिपय घरहरु चर्किएर चर्किएका छन् । अविरल वर्षासँगै काउलेको जमिन हल्लिन थाले पछि स्थानीयहरुमा त्रास फैलिउको छ । उनीहरुले घरमा भएका सामानहरु निकाल्न पनि कठिन भएको स्थानीयले बताएका छन् ।
उक्त दलित बस्तीमा पुगेका सांसद पाठकले आफुले गृह तथा प्रधानमन्त्रीलाई अवगत गराई सक्दो सहयोग उपलब्ध गराउने बताएका बताएका छन् । यहाँको बस्ती व्यवस्थापनको लागि आफुहरुले पहल गरि छिट्टै नै पीडितहरुलाई रारहत उपलब्ध गराउने बताए ।
त्यस्तै कर्कत पाता वितरण गर्दै सुवेदीले आफु जापान पुग्दा यस दलित बस्ती व्यवस्थापनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् । उनले दलित बस्तीको व्यवस्थापनका लागि सहयोगको अभियान समेत चलाउने बताए ।
कार्यक्रममा वडा सदस्य खगिशरा न्यौपाने, संस्था कोषाध्यक्ष राजु कडेंल नारायण, अमर मावि विद्यालय ब्यबस्थापन समितिका सदस्य प्रेम पुन लगाएतले बोलेका थिए । जापान समाज विहुँकोट बागलुङका अध्यक्ष गौरीशंकर सुवेदीको अध्यक्षतामा सम्पन्न भएको सहयोग हस्तान्तरण कार्यक्रमको स्वागत ज्ञानकुमारी श्रीस र सचिव गौरीशंकर सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।