मलेशियामा विहुकोट कराँते डोजोलाई ३ काश्य पदक

378

बागलुङ, १८ असार ।
मलेशियामा जारी १९ औ मिलो अन्तराष्ट्रिय कराँते प्रतियोगतामा विहुकोट कराँते डोजोले ३ काश्य पदक प्राप्त गरेको छ ।
नेपालको तर्फबाट सहभागिता जनाएको विहुकोट कराँते डोजोले पुरुष टिम समुह (१०–१३) वर्ष समुहमा काश्य पदक प्राप्त गर्न सफल भएको हो ।
पहिलो चरणमा फिलिपिन्स लाइ हराउन सफल भएका नेपाली खेलाडिले अघिल्लो चरणमा भने आयोजक मलेसियासंग पराजय भइ काश्य पदकमै चित्त बुझाएका छन् ।
नेपालको ग्रामीण ठाउँबाट सहभागिता जनाउन पुगेका जुनियर खेलाडीहरुले अन्तराष्ट्रियस्तरमा गरेको प्रदर्सन उत्कृष्ट रहेको प्रशिक्षक कृष्णप्रसाद कंडलले मलेशियाबाट खबरवे अनलाईनलाई जानकारी दिए ।