झुलुङ्गे पुल जिर्ण बन्दा दुदिलाभाटीका स्थानियल जोखिमपूर्ण यात्रागर्न बाध्य

147

गुमानसिंह भण्डारी
बागलुङ (गल्कोट), १७ असार
गलकोट दुदिलाभाटीको झुलुङ्गे पुलबाट आवतजवात गर्न जोखिम बढेको छ । दुदिलाभाटीको भाटीबजार र थलिङ जोड्ने गौदीखोलाको झुलुङगे पुल जिर्ण बन्दा बिद्यार्थी र स्थानियलाई आवतजावतमा समस्या भएको थलिङका स्थानिय भिम बहादुर भण्डारीले बताउनुभयो । निरन्तरको बर्षातका कारण पुलको भाटीबजार तर्फको जिपको तल्लोभागमा भएको माटो बगेपछि जिप नै ढल्ने स्थिति भएको भण्डारीले बताउनुभयो ।
पटक पटक बिभिन्न निकायमा उचित तरिकाले मर्मत सम्भारका लागी माग भएपनि हालसम्म सुनुवाई नभएको स्थानियको आरोप रहेको छ । पुलमा भएको फल्याकहरु कुईन थाल्नु ,पुलको एकातर्फका एउटा लठ्ठा झिल्नु र त्यसमाथी निरन्तरको बर्षातका कारण पुलको तल्लो भागमा भएको माटो बगेपछि जोखिम बढेको हो । गलकोट नगरपालिका १ दुदिलाभाटीमा पर्ने सो पुल जिर्ण हुँदा स्थानीयबासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । पुलको मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ ।
पुलको लठो पुरानो भएकाले खिया लागेर चुडिने अवस्थामा रहेको छ । यसैगरी तारजाली पनि फाटेको र लठाहरु कमजोर भएकाले ओहोर दोहोर गर्दा पुल हल्लीएर दुख हुने गरेको दुदिलाभाटीका स्थानिय जिवन भण्डारीले बताउनुभयो । उक्त पुल हुदै दैनिक सरस्वती माद्यामिक बिद्यालय, दुदिलाभाटी ईङलिस बोडिङ स्कुलमा अध्ययनका लागी आउने बिद्यार्थी र करिब १ सय जना स्थानियलाई समेत आवतजावतमा समस्या भएको दुदिलाभाटी ईङलिस बोडिङ स्कुलका प्रिन्सिपल कुमार गुरुङले बताउनुभयो ।