धौलागिरी बहुमुखी क्याम्पसलाई रेटिङ–र्‍याङ्किङ अवार्ड

246

बागलुङ, १२ असार ।
धौलागिरी बहुमुखी क्याम्पसले बिजनेश स्कुल रेटिङ-र्‍याङ्किङ अवार्ड–२०१८’ प्राप्त गरेको छ । धौलागिरी बहुमुखी क्याम्पसले एमबीएस तर्फका उत्कृष्ट १० कलेजहरुमा पर्दै अवार्ड प्राप्त गरेको हो ।
उक्त अवार्ड शुक्रबार काठमाडौंमा क्याम्पस प्रमुख डा. रामप्रसाद उपाध्यायले ग्रहण गर्नुभएको थियो । धौलागिरी अञ्चलकै एकमात्र आंगिक क्याम्पसको रुपमा रहेको धावलागिरी धवलागिरी बहुमुखी क्याम्पसमा एमविएस र विविएस तहमा देशभरिकै व्यवस्थापन संकायमा दश क्याम्प्स भित्र पर्न सफल भएको हो ।
क्याम्प्समा हाल स्नातक तहमा करिव ५५० र स्नातकोत्तरु तहाको दोस्रो वर्षकमा हाल ४९ जना विद्यार्थीहरु रहेका छन्भने प्रथम वर्ष सेमेष्टरमा २१ जना विद्यार्थीहरु अध्ययनरत रहेको क्याम्पसले जनाएको छ ।
देशभरीका कलेजहरुलाई समेटेर ‘न्यू बिजनेश एज प्रालि’ले विगतका केहि वर्षदेखि आयोजना गर्दै आएको यो सम्मान शैक्षिक क्षेत्रको एक मात्र देशव्यापी कार्यक्रम हो । देशभर रहेका कलेजहरुलाई उनीहरुको शैक्षिक, भौतिक देखि अतयाधुनिक प्रविधिर सूचना सञ्जालमा अब्बल बनाउने उद्देश्यले यो अवार्ड कार्यक्रम आयोजना हुंदै आएको छ । सबै कलेजहरुलाई गुणस्तरीय शिक्षाका साथमा आधुनिक प्रविधि र अन्तरराष्ट्रिय स्तरको सेवा सुविधा प्रदान गर्नमा हौसला प्रदान गर्ने उद्देश्यले कलेजहरुलाई अझै उत्कृष्ट बनाउन न्यू बिजनेश एजले प्रोत्साहन गर्दै आएको छ । यसैका लागि यो अवार्ड कार्यक्रम आयोजना हुंदै आएको कम्पनीका अध्यक्ष मदन लम्सालले बताएका छन् ।
कम्पनीले सन् २०१३ देखि शुरू गरेको यो अवार्ड कार्यक्रमको यो चौंथो संस्करण शुक्रवार सम्पन्न भएको थियो । सन् २०१३ र २०१४ मा नियमित रूपमा सम्पन्न भएको उक्त कार्यक्रम भूकम्प तथा अन्य विविध कारणले बीचमा दुई वर्ष सम्पन्न हुन सकेको थिएन । त्यसपछि गत वर्षबाट पुनः निरन्तरता पाएको छ ।
विभिन्न ७ विधामा उत्कृष्ट बिजनेश स्कूल अवार्ड प्रदान गरिएको थियो । जसमा एमबीए, एमबीएस, बीबीए, बीबीएस, बीएचएम, पब्लिक कलेज र प्रदेशका उत्कृष्ट कलेज क्याटेगोरी रहेका छन् ।
देशभरका १ हजार २ सय ७४ व्यवस्थापन कलेजमध्येबाट शुरू गरेको छनोट प्रकृया विभिन्न चरण पार गर्दै अघि बढेको थियो । तथ्याङ्क सङ्कलन, सम्बन्धित कलेजमार्फत् तथ्याङ्क आह्वानका साथै विज्ञ सम्मिलित छनोट समितिको विज्ञतासमेत समेटी उत्कृष्ट बिजनेश कलेजहरूको छनोट गरिएको संस्थाका अध्यक्ष लम्सालले जानकारी दिए ।