अविरल बर्षाले गल्कोटको जनजीवन कष्टकर

194

गुमानसिंह भण्डारी
बागलुङ (गल्कोट), ३ जेठ
अविरल बर्षाका कारण गलकोटको जनजीवन कष्टकर हुँदै गएको छ । गलकोटमा नयाँ निर्माण गरिरहेका हरेक सडकहरु अबरुद्ध भएका छन् । गलकोट वाहिरभित्र आवतजावत गर्न कठिनाइ भएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत गलकोट खण्डमा बिभिन्न ठाउमा पहिरो झरेर हिलाम्मे बनेको दुदिलाभाटीका जिवन भण्डारीले बताउनुभयो । गलकोटमा भएकासडकखण्डका प्रत्येक खोलाहरुमा बाढी आएका कारण यातायात सञ्चालनमा समस्या भएको भण्डारीको भनाई छ ।


गलकोट भएका सडकखण्ड पनि अबरुद्ध भएका छन् । बिभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण सडक अबरुद्ध भएका हुन् । हालसम्म बाढीका कारण गलकोटमा मानविय क्षति नभए पनि करोडौको भौतिक क्षति भएको छ ।
यसैबिच शनिबारको बर्षातका कारण गलकोट नगरपालिका १ दुदिलाभाटीको एक परिवार बिस्तापित बनेको छ । घर देखि करिब १ सय ५० मिटर माथीदेखि झरेको पहिरोले दुदिलाभाटी चौराहका अमरिता छन्त्यालको घर बस्नै नमिल्ने गरि भत्किएको छ ।
स्थानिय बम बहादुर श्रीसका अनुसार हिजो बेलुका करिब ८, ९ बजेको घर माथीबाट पहिरो झरेपछि अमरिताका छोरी आशा छन्त्याल र नाति राजन छत्याललाई पहिरोले पुरेको थियो । पहिले झरेको पहिरोले दुबै जनालाई पुरेको थियो, उनिहरुमध्ये आशा छन्त्यालको आधा भाग र राजनको भने टाउको बाहेक अरु सबै हिलोमा गाडिएको थियो ।
त्यसपछिको पहिराले उनिहरुलाई हुत्ताए बाहिर लिकालेपछि दुबै बाँच्न सफल भएका हुन । शनिबार राति नै परिवारका सम्पुर्ण सदस्यहरुलाई सुरक्षित स्थानमा सारिएको थियो । घाईतेहरुलाई प्राथमिक उपचार गरेपछि अवस्था सामान्य रहेको पारिवारीक स्रोतले जनाएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण श्रीसलाई कहाँ बस्ने भन्ने टुङगो लागेको छैन । घर बस्नै नमिल्ने गरि भत्किएपछि श्रीसका सपरिवार छिमेकिको घरमा बस्दै आएका छन ।


स्थानिय बम बहादुर श्रीसका अनुसार नरेठाटी प्रहरी चौकिले ८ लाख बराबरको क्षतिको मुजुल्का बनाएको बताउदै तत्कालका लागी स्थानियहरुले बसोबासको ब्यवस्थापन गर्ने बताउनुभयो । शनिबारको बर्षातका कारण दुदिलाभाटी पात्लेखोलाका भिम बहादुर श्रीसको घर माथीबाट पहिरो झरेपछि घरमा बस्नै जोखिम भएको छ । पहिरो निरन्तर झर्न सक्ने परिवारका सदस्य ईरा श्रीसले बताउनुभयो । घरमा बस्नै जोखिम भएको उहाँको भनाई छ । त्यस्तै बर्षातकै कारण दुदिलाभाटी चाउकेका कर्ण बहादुर काउचाको घर पछाडि पहिरो झरेपछि घरमा बस्न नमिल्ने भएको छ ।
त्यस्तै दुदिलाभाटी पाल्लेखोलाका भिम बहादुर नेपालिको घरको बिचमा माथिदेखि ठुलो मात्रामा पहिरो झरेको स्थानियको भनाई छ । बर्षातका कारण गौदी खोला र माम्ले खोलामा पानीको सहत ह्वातै बढेपछि दुई खोलाको किनारमा भएका करिब ३० मुरी धान उत्पादन हुने खेत बगाएको छ । यसैबिच गलकोट नगरपालिका २ नरेठाटीमा चुक्दि खोलामा आएको बाढिका कारण गाडि आवतजावत बन्द भएको छ । मध्यपहाडी लाकमार्ग देखि बजार आवतजावत गर्ने बाटो बन्द भएको गलकोट नगरपालिका २ का अध्यक्ष हेमन्त भण्डारीले बताउनुभयो ।


चुक्दि खोला आफुले थाहा पाउने समयदेखि अहिलेसम्मकै सबैभन्दा ठुलो भएको नरेठाटीका स्थानिय यम बहादुर श्रीसले बताउनुभयो । खोलाले किनारका खेतहरुलाई कटान गरेको छ । त्यस्तै बर्षातका कारण माथीबाट पहिरो झरेपछि नरेठाटी बजारको एक निर्माणधिन घरमा क्षति पुगेको छ । बर्षातका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत नरेठाटीमा भलले सड्कमा ढुङगा, गिटि थुपारेपछि केहि समय आवतजावत बन्द भएको थियो । नरेठाटी प्रहरी चौकिको सक्रियतामा बाटो खुलेको नरेठाटी प्रहरी चौकिले जनाएको छ । मध्यपहाडी लोकमार्गको अधिकांश स्थानमा पहिरोले गर्दा अबरुद्ध बनेको छ । यसैबिच गलकोट नगरपालिकाले मध्यपहाडी लोकमार्गमा सहज तरिकाले आवतजावत गर्ने गरि सफाई कार्य सञ्चालन गरेको छ । नगरप्रमुख भरत शर्मा गैरेले दिनुभएको जानकारी अनुसार मध्यपहाडी लोकमार्गमा भएको क्षतिको अनुगमन गरि सफाई कार्य सञ्चालन गरिरहेको जानकारी दिनुभएको छ ।