जननिगरानी साप्ताहिक दोस्रो वर्षमा प्रवेश

बागलुङ, ३ असार
गुहेली संचार सहकारी संस्था लिमिटेड बागलुङद्धारा प्रकाशित जननिगरानी साप्ताहिक दोस्रो बर्षमा प्रवेश गरेको छ ।
संस्थाले आफ्नो प्रथम बार्षिकोत्सव आइतवार बागलुङ सदरमुकाममा कार्यक्रमको आयोजना गरी मनाएको छ ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद ईन्दलाल सापकोटाले अब पत्रकारिता समृद्धिका लागि केन्द्रित गर्नुपर्ने बताउनुभयो । पत्रकारितालाई अब सवल, सशक्त र व्यवस्थित हिसावले अघि बढाउन आवश्यक भएको बताउनुभयो । पत्रकारितामा अझै पनि न्युन पारिश्रमिकमा स्वयम्सेवि हिसावले काम गर्ने अवस्था बिद्यमान रहेको भन्दै सांसद सापकोटाले मिडिया सञ्चालक र पत्रकार दुवै यस बिषयमा गम्भिर बन्नुपर्नेमा जोड दिनुभयो ।


‘समाजमा जे काम गरिन्छ त्यसै बाट बाँच्ने आधार बनाउन जरुरी छ, त्यो नभए सम्म अब चल्न सकिदैन, उहाँले भन्नुभयो, चले पनि राम्रो काम र हिसावले चल्दैन । त्यस बिषयमा पत्रकारहरुले पनि सोच्नुपर्छ । उहाँले प्रदेशको बजेटमा बागलुङमा केही सम्बोधन नभएको भन्ने चर्चा प्रति संकेत गर्दै त्यस्तो अवस्था नरहेको स्पष्ट पार्नुभयो । बागलुङका पर्यटकीय, कृषि, सडक, स्वास्थ्य लगायतका क्षेत्रमा राम्रै बजेट बिनियोजन भएको उहाँले बताउनुभयो ।


कार्यक्रममा काँठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा मगरले स्थानीय सरकार स्थानीय विकासका लागि केन्द्रित भएकाले यस बिचमा देखिएका समस्या, सम्भावना सबै पक्षलाई पत्रकारिताले उजागर गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा रास्ट्रिय सहकारी बैंकका केन्द्रीय संचालक रामबहादुर जिसी, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष नेपाल, पुर्ब अध्यक्ष राजेशचन्द्र राजभण्डारी, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, प्रगतिशिल पत्रकार संघका सचिव बिजय राना मगरले जननिगरानी पत्रिकाले छोटो समयमा सकारात्मक भुमिका खेलेको भन्दै यसलाई निरन्तरता दिन सुझाव दिएका थिए ।


कार्यक्रममा जननिगरानी साप्ताहिकमा नियमित स्तम्भ लेखेको भन्दै पत्रकार राजेशचन्द्र राजभण्डारी र नियमित बिज्ञापनदाता जनप्रिय टेलर्सका सुजन परियारलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।


कार्यक्रम गुहेली संचार सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षता, सम्पादक नवीन शिशिर बिकको स्वागत र संस्थाका सचिव सुर्यबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।