गलकोटको हटियामा शैक्षिक प्रदशर्नि तथा बालमेला

48

बागलुङ, १ असार ।
गलकोटको हटियामा शैक्षिक प्रदशर्नि तथा बालमेला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिकाले नगरपालिका भित्रको शिक्षाको स्तरबृद्धि गर्नका लागी ५ बर्षे योजना बनाएको बताउनुभयो । उहाँले गलकोटमा देखिएको शैक्षिक समस्यालाई समाधान गर्नका लागी बिशेष योजना बनाएको बताउनुभयो ।


गलकोट नगरपालिकाको कार्यालय शिक्षा तथा खेलकुद साखाको आयोजनामा सञ्चालन गरिएको नगरपालिका स्तरिय शैक्षिक प्रदर्शनीमा विद्यार्थि आफैले बनाएका विभिन्न सामाग्रीहरु राखिएका थिए । गलकोट नगरपालिका भित्रका २८ बिद्यालयका बिद्यार्थीहरुले निर्माण गरेका सामाग्री पर्दर्श्निमा राखिएपछि गलकोट नगरपालिका भित्रका जनप्रतिनिधि, शिक्षक, बिद्यार्थी, अभिभावकहकरुले प्रत्यक्ष अवलोकन गरेका थिए । यसबाट विद्यार्थिले सिकेका कुराहरु प्रत्यक्ष रुपमा सबैलाई जनकारि गराउँने हेतुले आयोजना गरिएको यस कार्यक्रमले सम्पूर्ण अवलोकन कर्तालाई सकारात्मक रुपमा फाईदा भएको गलकोट नगरपालिकाका सामाजिक बिकास तथा समन्वय समितिका संयोजक हिम बहादुर भण्डारीले बताउनुभयो । शैक्षिक सामाग्री प्रर्दशनि कार्यक्रममा सहभागी बिद्यार्थीहरुले आफैले शैक्षिक सामाग्री निर्माण गरेका हुन् ।


स्थानीय स्तरमा उपलब्ध हुने सामाग्री बाट बिद्यार्थी आफैले शैक्षिक सामाग्री निर्माण गरेको दुदिलाभाटी ईङलिस बोडिङ स्कुलका प्रिन्सिपल कुमार गुरुङले बताउनुभयो । नेपाली भाषामा राम्रो ज्ञान हासिल गरेमा मात्र विद्यार्थीले अन्य विषयमा पनि राम्रो गर्ने भएकाले यस प्रकारको कार्यक्रमको खांचो सबैतिर आवश्यक भएको चौराह माद्यामिक बिद्यालयका प्रध्यानाध्यापक बिन्द्र बहादुर खत्रीले बताउनुभयो । प्रदर्शनिमा सहभागी बिद्यालयका बिद्यार्थीहरुले स्टल निर्माण गरि आफ आफना शैक्षिक सामाग्री राखेका थिए ।

शैक्षिक सामाग्री प्रदशनि कार्यक्रममा जनजागृति माद्यामिक बिद्यालय गलकोट नगरपालिका ८ काडेबास प्रथम, गोल्डेन फ्युचर बोडिङ स्कुल गलकोट नगरपालिका ४ द्धितिय, पृथ्वी माद्यामिक बिद्यालय गलकोट नगरपालिका वाड नम्बर ५ तृतिय र न्यु लाईफ आवसिय माद्यामिक बिद्यालय गलकोट नगरपालिका ६ सान्त्वना भएका छन । त्यस्तै आधारभुत तह तर्फ मनेवा आधारभुत बिद्यालय प्रथम, बालज्योति प्राथमिक बिद्यालय द्धितिय, सानोरिघा आधारभुत बिद्यालय तृतिय र नवयुवक आधारभुत बिद्यालय सान्त्वना भएका छन । त्यस्तै बिद्यार्थी प्रतिभा तर्फ शिव माद्यामिक बिद्यालय प्रथम, जनजागृति माद्यामिक बिद्यालय द्धितिय, गलकोट माद्यामिक बिद्यालय तृतिय, मनेवा आधारभुत बिद्यालय र महेन्द्र माद्यामिक बिद्यालयका बिद्यार्थी सान्त्वना भएका छन ।


पछिल्लो समय गलकोटको शैक्षिक अवस्था खस्किदो क्रममा देखिएपछि यस वर्ष देखी शैक्षिक क्षेत्रलाई माथि उकास्न गलकोटमा विभिन्न समयमा विभिन्न गतिविधिहरु भई रहेका छन् । शैक्षिक जगत लाई बलियो बनाउन तथा सरकारी तथा निजि विद्यालयमा विद्यार्थीलाई सहजै रुपले कक्षा संचालन गर्न गलकोटभर सरकारी तथा गैर सरकारी निकायको चासो निकै बढ्दै गइरहेको छ । कार्यक्रम गलकोट नगरपालिकाका सामाजिक बिकास तथा समन्वय समितिका संयोजक हिम बहादुर भण्डारीको अध्यक्षता, शिक्षा साखाका अधिकृत प्रकाश ओझाको स्वागत मन्तब्य र गलकोट माद्यामिक बिद्यालयका शिक्षक राम बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।