अर्गलमा पिकअप जिप दुर्घटना २ जनाको मृत्यु

202

गुमानसिंह भण्डारी
गल्कोट (बागलुङ), ३१ जेठ
ताराखोलाको अर्गलमा आज पिकअप गाडि दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।
घुस्मेली देखि अर्गल भातखाने डाडाँ जादै गरेको ग १ ज ६०३४ नम्बरको गाडि दुर्घटना हुदाँ चालक सहित सवार ४ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानिय भत्त बहादुर पुनले बताउनुभयो ।
मृत्यु हुनेहरुमा ताराखोला गाउपालिका ३ अन्दाजि बर्ष २४ का हेमन्त घिमिरे, सोहि वाडका अन्दाजि बर्ष ५५ का हरिराम गिरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ताराखोलाले जनाएको छ ।
त्यस्तै ताराखोला गाउपालिका वाड नम्बर ३ कै चालक डम्बर बहादुर घिमिरे र अन्दाजि ४२ बर्षिय कर्ण बहादुर भण्डारी गम्भिर घाईते भएको प्रहरी कार्यालयले जनाएको छ । गम्भिर घाईते दुई जनालाई पिकअप गाडिमा राखि हटिया ल्याउदै गरिएको छ । गाडि मोटरबाटो देखि करिब ५, ६ सय तल खरेको स्थानियको भनाई छ ।