गल्कोटमा घुम्ती शिविरबाट नागरिकता र अपाङ्गता परिचयपत्र वितरण

27

गुमानसिंह भण्डारी
गल्कोट (बागलुङ), ३१ जेठ
राज्यले दिने सेवा सुविधा सबै नागरिकले समान रूपमा पाउनु पर्छ । संविधानले नै सुरक्षित गरेको अधिकार हो यो ।
तर, भौगोलिक विकटतालाई सुगम बनाउन राज्यले ध्यान नदिँदा नेपालका धेरै गाउँघर अहिले पनि सरकार भन्दा धेरै पर छन् । उनीहरूको लागि सरकारी सेवा सहज रूपमा प्राप्त गर्नु ‘आकाशको फल आँखातरी मर’ सरह भएको छ । तर, यही विकटतालाई चिर्दै जिल्ला प्रशासन कार्यालयले गलकोटको दुई वाडमा पुगेर सेवा दिएका छन । जिल्ला सदरमुकाम बागलुङबाट गलकोट ४५ किलोमिटरको दुरीमा पर्छ, नागरिकता लिनका लागी एक दिन जान र १ दिन आउन लाग्छ । यस समस्यालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालयले हिजो गलकोट नगरपालिका ११ रिघा र आज गलकोट नगरपालिका वाड नम्बर ३ मा सञ्चालन गरेको घुम्ती शिविरका कारण स्थानीयले सदरमुकाम धाएर पाउने सेवा गाउँमै पाएका हुन् ।
घरदैलोमा सेवा शुसासनमा टेवा उदघोणका साथ एकिकृत घुम्टी सेवा शिबिर हटियामा सम्पन्न भएको छ । जिल्ला प्रसासन कार्यालय बागलुङको आयोजनामा सञ्चालित शिबिरबाट ५६ जनाले नागरिकता प्रात्त गरेका छन त्यस्तै १ जनाले अपाङगता परिचय पत्र प्रात्त गरेका छन । नागरिकता बितरणको कार्यक्रम सञ्चालन भइरहेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बागलुङ जिल्ला भरि ८५ वाडमा छिट्टै घुम्टी सेवा शिबिर सञ्चालन गर्ने बताउनुभयो । खरेलले गलकोटमा आफैमा ऐतिहासिक क्षेत्र भएको बताउदै गलकोटलाई स्रोत र साधनबाट सम्पन्न बनाउन गलकोट नगरपालिकाले बिशेष योजना बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा गलकोट नगरपालिकाका रेनुका काउचाले शिबिर सञ्चालन गरि जेष्ठ नागरिक, अपाङगता, महिला लगायतलाई गाउ गाउमा आई सेवा प्रवाह गरेको भन्दै आयोजक प्रति धन्यबाद ब्यक्त गनुभएको थियो । कार्यक्रममा जिल्ला प्रसासन कार्यालय बागलुङका प्रमुख प्रसासकिय अधिकृत धिरेन्द्र राज पन्त, गलकोट बहुमुखि क्यापसका प्रमुख कृष्णप्रसाद गौतम, सामुदायीक रेडियो गलकोट एफ एमका स्टेशन प्रमुख घनश्याम गौतम, गलकोट नगरपालिका १ का अध्यक्ष नेत्र बुढाथोकि लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
अपाङगता भएका ब्यक्ति सागर पुन, महिला माया थापा सलामीलाई नागरिकता तथा प्रेम बहादुर बस्नेतलाई अपाङगता परिचय पत्र प्रदान गरि कार्यक्रमको उदघाटन गरिएको थियो । कार्यक्रममा जिल्ला प्रसासन कार्यालयका शिबिर सञ्चालक टोलि र प्रमुख जिल्ला अधिकारी खरेललाई गलकोट नगरपालिकाले स्वागत तथा सम्मान गरेको थियो । कार्यक्रम गलकोट नगरपालिका २ का अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तको अध्यक्षता, गलकोट नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत कृष्णप्रसाद गौतमको स्वागत मन्तब्य र वाड नम्बर ७ का सचिव महेन्द्र पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला प्रसासन कार्यालयले गाउगाउमा आएको दिएको सेवाप्रति स्थानियहरुले खुसी ब्यक्त गरेका थिए ।
यत्ति कामका लागि सदरमुकाम जाँदा लाग्ने खर्च गाउँलेको बचत भएको छ । उनीहरुले सदरमुकाम पुगेर लिनुपर्ने यतिका सेवा निशुल्क रुपमा गाउँमै पाएका हुन् । यहांबाट सदरमुकाम जाँदा आउँदा , खाना खर्च लगायत लेखापढी लगायतको लाखौ रुपैयां खर्च जोगिएको गलकोट नगरपालिका ३ का अध्यक्ष बिरजङ भण्डारीले बताउनुभयो । जिल्ला स्थित सरकारी कार्यालयहरुले घुम्ती शिविर मार्फत सरकारी सेवा सुबिधा दिए पछि गाउँ मै सरकार पुगेको आभास स्थानियले गरेका छन ।