फागुन १ र २ गते बागलुङमा कानको निःशुल्क उपचार हुँदै

32

बागलुङ, २९ माघ ।
फागुन १ र २ गते बागलुङमा कानका विरामीहरुको लागि निःशुल्क परीक्षण एवं उपचार शिविर संचालन हुनेभएको छ ।
बागलुङमा सामाजिक सेवा गर्दै आईरहेका लायन्स क्लब र लियो क्लब अफ बागलुङ कालिका र मुक्तिनाथ हस्पिटल बागलुङको संयुक्त आयोजनामा निःशुलक शिविर हुने भएको हो । कानका विशेषज्ञ डाक्टर अशोक कुमार गुप्ताद्वारा परीक्षण एवं उपचार मुक्तिनाथ हस्पिटलमा हुने आयोजकहरुले जनाएका छन् ।