कर्मचारीलाई अंकुश तलब खान स्थानीय निकायको सिफारिस

34

बागलुङ, २८ माघ ।
निर्वाचन भएकोे लामो समय वितिसक्दा पनि विषयगत कार्यालयका कर्मचारी स्थानीय निकायमा नगए पछि स्थानीय निकायले कर्मचारीमाथि कडाई गर्न थालेका छन् ।
काजमा खटिएका कर्मचारी नियमित नभए पनि आगमी दिनमा तलब खान स्थानीय तहको सिफारिस र प्रतिवेदन पेश गर्नुपर्नेमा जिल्ला स्थित विषयगत कार्यालयका प्रमुख सहमत भएका छन् ।
जिल्ला समन्वय समिति बागलुङ, जिल्ला स्थित कार्यालयका प्रमुख र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिबीच भएको छलफलमा कार्यालय प्रमुखहरु काजमा खटिएका कर्मचारीलाई तलव निकासा गर्दा सम्बन्धी स्थानीय तहको सिफारिसमा मात्र तलव निकासा गर्ने विषयमा सहमत भएका हुन । बागलुङ जिल्लाका सरकारी कर्मचारीहरुले स्थानिय तहमा काम नगरेको पाइएमा तलव खान नपाउने भएका छन् ।
काजमा गएका र खटाइएका कर्मचारीहरुले जिल्ला मै बसेर काम गरेको पाइएपछि स्थानिय तहमा काम गरेको सिफारिसका आधारमा मात्र तलव भुक्तानि गर्ने सहमती भएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । विशेष गरी शिक्षा, कृषी, पशु, शिक्षा र महिला तथा बालबालिका कार्यालयका कर्मचारी स्थानीय तहमा पुगेका छैनन् ।
जिल्लाका स्थानिय तहमा भए गरेका नीती तथा बार्षिक कार्यक्रमहरुको समिक्षा सहित आगामि दिनमा गर्ने कार्यहरुको वारेमा जानकारी लिने दिने उद्देश्यले जिल्ला समन्वय समितिले आयोजना गरेको छलफल तथा अन्तरक्रियावाट जिल्लामा शैक्षिक क्षेत्रका देखिएका समस्या, दरवन्दी मिलानको समस्या समधानका लागि समितिका प्रमुखको नेतृत्वमा समन्वय गर्ने सहमती भएको छ ।
शिक्षक तथा कर्मचारी सरुवाका बिषयमा छलफल गरि अन्तरपालिकामा शिक्षक तथा कर्मचारीहरुको सरकारको अर्को व्यवस्था नभएसम्मका लागि सरुवा प्रक्रिया रोक्ने निर्णय भएको छ । स्थानिय तहमा काम गर्ने सन्दर्भमा आएका समस्या तथा जटिलतालाई एकीकृत गरि समधान गर्दै अगाडि बढ्ने र जनतालाई लोकतन्त्रको प्रत्याभुत हुने गरि काम गर्ने सहमती भएको प्रमुख ढुङ्गानाले बताउनुभयो ।