मेयर कपको पहिलो खेलमा पेनाल्टीमा बागलुङको भाग्य !

अर्जुन कार्की
बागलुङ, १६ माघ
आजदेखि बागलुङमा सुरु भएको प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबलमा आयोजकले विजयी सुरुवात गरेको छ ।
बाङ्गेचौर खेलमैदानमा भएको उद्घाटन खेलमा पालुङटार नगरपालिकालाई पेनाल्टी सुट आउटमा ३–४ गोल अन्तरले हराउँदै आयोजक बागलुङ नगरपालिका क्वाटरफाईनलमा प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा २–२ गोल भएको थियोभने २० मिनेटको अतिरिक्त समयमा दुवै टिमबाट १–१ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
८० मिनेटमा खेलाईएको खेलको ८ मिनेटमा आशिष केसिको उत्कृष्ट गोलबाट आयोजक बागलुङ नगरपालिकाले अग्रता लिएपनि त्यो धेरै समय टिकन सकेन् । केसीले प्रहार गरेको बल सेकेन बारमा लाग्दै गोल भएको थियो । खेलको २२ मिनेटमा पालुङटारका फरवार्ड जुद्धकुमार गुरुङले अनमार्क रहेको अवस्थामा गोल गरेका थिए । उनको प्रहार बागलुङका गोलकिपर रुपेश बोहोराको पञ्चमा लाग्दै गोल भएको थियो ।

खेलको ३० मिनेटमा बागलुङका फरवार्ड दिलिप जिसीको उत्कृष्ट प्रहार पालुङटारका गोलकिपर तथा कप्तान अमिनराज भाटले बचाउ गरेका थिए । पहिलो हापमा दुवै टिमबाट केही राम्रो प्रहारहरु किपरहरुले विफल पारिदिए ।
दोस्रो हाफको सुरुवातमा (४६ मिनेटमा) बागलुङका कप्तान प्रमेश थापालाई पालुङटारका विजय विकले गोललाईन बाहिर फल गरेपछि पाएको फ्रिकिकमा कमल थापाले बल बाहिर प्रहार गरेका थिए । खेलको ५० मिनेटमा किपरबाट रिवाउन भएको बललाई पुन गोलको दिसा दिँदै पालुङटारका सुनिल बस्यालले टिमलाई २–१ को अग्रता दिलाएका थिए । गोल गरेको २ मिनेटमा नै बस्यालले वान भर्सेज वानमा गोल गर्ने मौका गुमाएका थिए ।


खेलमा १ गोलले पछि परेपछि केही दबाबमा खेलेको बागलुङको लागि ६० मिनेटमा कप्तान प्रमेश थापाले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
खेलको निर्धारित समयमा २–२ गोल भएपछि २० मिनेटको अतिरित्त समयमा दुवै टिमबाट १–१ गोलभएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

निर्धारित समयको ११ मिनेटमा बागलुङका डिफेन्डर जित कार्कीले निकालि दिएको उत्कृष्ट पासलाई फरवार्ड प्रमल थापाले हेड मार्फत गोल गरेका थिए । १ गोलले पछि परेपनि १३ मिनेटमा पालुङटारको लागि जुद्ध कुमार गुरुङले प्रहार गरेको फ्रिकिक बललाई प्रविन कुमार गुरुङले गोल गरेका थिए । कर्नर प्रहारमा बागलुङका कमल थापाले हेन्ड गरेपछि पालुङटारले फ्रिकिक प्राप्त गरेको थियो ।

पेनाल्टी सुटआउटमा पालुङटारका जुद्ध कुमार गुरुङ, विजय विक र सागर खत्रीले गोल गरेभने प्रविन कुमार गुरुङ र विजय भटको प्रहार खेलको म्यानअफदि म्याच घोषित भएका बागलुङका गोलकिपर रुपेश बोहोराले विफल पारिदिएका थिए ।
यस्तै पेनाल्टीमा बागलुङका युगेस थापा, निसान थापा, कमल थापा र प्रमेश थापाले गोल गरेका थिएभने जितेन्द्र कार्कीको प्रहार बाहिरिएको थियो ।

 

खेलपछि कुरा गर्दै पालुङटारका प्रशिक्षक विकास तामाङले आफुहरुलाई प्रतियोगिताको बारेमा ढिलो जानकारी भएको र टिम व्यवस्थापन गर्न गाह्रो भएकाले खेल हार्न पुगेको बताउनुभयो । उहाँले आफुहरुले २ दिन मात्र प्रशिक्षण गरेको बताउँदै खेलाडीहरुले सोचे अनुरुप खेल प्रदर्शन गरे बताउनुभयो । हामीलाई प्रशिक्षणको र खेलाडी छनौटको लागि प्रयाप्त समय नहुँदा खेल हार्न पुगेको बताउनुभयो ।
यस्तै बागलुङ नगरपालिकाका प्रशिक्षक भिम बहादुर बोहोराले आफ्ना खेलाडीहरु काठमाडौं र अन्य क्षेत्रमा छरिएर खेल्ने गरेको र आज खेल सन्तुलन हुन नसकेको बताउनुभयो । उहाँले मिडफिल्डमा केही समस्या देखिएकाले अबको खेलमा त्यसलाई सुधार गर्दै जाने बताउनुभयो । उहाँले मिडफिल्डमा समस्या भएकाले खेल पेनाल्टीसम्म पुगेको बताउनुभयो ।
नकआउट चरणमा खेलाईएको खेलमा प्रदेश नम्बर ४ का ११ वटा नगरपालिकाले सहभागिता जनाएका थिए । प्रतियोगिता अन्तरगत भोली (बुधबार) भकुण्डे खेलमैदानमा कुश्मा नगरपालिका पर्वत विरुद्ध गल्कोट नगरपालिका बागलुङका विच खेल हुने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः २ लाख २२ हजार २ सय २२ र १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राईकर र प्रशिक्षकले सम्मान ५–५ हजार प्राप्त गर्ने आयोजकले जानएको छ । यस्तै प्रतियोगिताको समेमिफाइनल पुग्ने टिमका खेलाडीहरुलाई प्रतिदिनको भत्ताको व्यवस्था गरिने आयोजकले जनाएको छ ।