प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार जिसीलाई

156

बागलुङ, १५ माघ
प्रेस चौतारी बागलुङले यस वर्षको ‘प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार’ पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष तथा धौलागिरी जागरण दैनिकका सम्पादक रामबहादुर जिसीलाई प्रदान गर्ने भएको छ ।
जिल्ला शाखाका अध्यक्ष उमाकान्त शर्माको अध्यक्षतामा सोमबार सम्पन्न बैठकले पुरस्कार छनौट समितिले सिफारिस गरे अनुसार जिसीको नामलाई अनुमोदन गर्दै माघ २२ गते स्थापना दिवसको अवसरमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
चौतारीले पत्रकारिता क्षेत्रमा काम गर्ने जेष्ठ, क्रियाशिल र निरन्तरताको आधारमा एक जना पत्रकारलाई स्थापना दिवसको अवसरमा गतवर्षदेखि पुरस्कृत गर्दै आएको छ । पुरस्कारको राशी नगद १० हजार रुपैयाँ र सम्मान पत्र रहेको छ रहेको उपाध्यक्ष नवीन शिशिरले जानकारी दिनुभएको छ ।
चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनीबाट संकलन भएको एक लाख रुपैयाँको कोष स्थापना गरी चौतारीले प्रत्येक वर्ष एक पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । गतवर्ष पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य हरिनारायण गौतमलाई प्रदान गरिएको थियो । जिसी २०४७ सालदेखी निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।