म्याग्दीको रत्नेचौरमा सेभेन ए साईड फुटबल हुने

201

अर्जुन कार्की
बागलुङ, १५ माघ
रत्नेचौर जागरण समुहको आयोजनामा म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
फागु पुर्णिमाको अवसरमा फागुन १४ देखि १७ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा धौलागिरीका टिमहरुले भाग लिन पाउने खेल संयोजक सुजन थापाले जानकारी दिनुभयो ।
रत्नेचौर खेल मैदान म्याग्दीकै ठूलो फुटबल मैदान भएता पनि जिल्लाबाट सधै पछाडी पर्ने गरेकाले त्यसको प्रचारप्रसारको लागि पनि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
जिल्लामा धेरै खेलहरु हुने गरेता पनि अझैसम्म रत्नेचौर खेलमैदानलाई जिल्लाका कुनै कार्यालय तथा संस्थाहरुले प्राथमिकतामा नराखेको र खेल मैदान राम्रो र सुविधायुक्त रहेको जानकारी दिन तथा मैदानको विकास र प्रचारप्रसार गर्नको लागि प्रतियोगिताले सहयोग पुग्ने अपेक्षाले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहन सक्ने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ५१ हजार १ सय ११ रुपैयाँ र ३३ हजार ३ सय ३३ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुजन थापाले जानकारी दिनुभयो ।