प्रथम मेयर कप फुटबलः कुन टिम कुन सँग खेल्दै ? (खेल तालिका सहित)

232

बागलुङ, १४ माघ
मंगलबार (माघ १६ गते)देखि जिल्लाको सर्वोधिक पुरस्कार राशिको नकआउट चरणको प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता हुँदैछ ।
बागलुङ नगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला फुटबल संघ बागलुङको व्यवस्थापनमा संचालन हुने प्रतियोगिताको खेल तालिका आईतबार सार्वजनिक गरिएको छ ।
४ नम्बर प्रदेशका ११ नगरपालिकाले सहभागिता जनाउने उक्त प्रतियोगिता बागलुङ नगरपालिका–१० भकुण्डेको भकुण्डे खेलमैदानमा १ खेल र रामरेखाको बाङ्गेचौर खेल मैदानमा अरु खेलहरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका ११ टिमलाई ४ पोलमा विभाजन गरिएको छ । पोल ‘ए’मा बागलुङ नगरपालिका, पालुङटार नगरपालिका र व्यास नगरपालिका रहेकाछन् भने पोल ‘वि’मा वालिङ नगरपालिका, बेनी नगरपालिका र गैडाकोट नगरपालिका नवलपुर रहेका छन् । यस्तै पोल ‘सि’मा पोखरा लेखनाथ महानगरपालिका, गल्कोट नगरपालिका र कुश्मा नगरपालिका पर्वत रहेकाछन् भने पोल ‘डि’मा देवचुली नगरपालिका नवलपुर र गोरखा नगरपालिका रहेका छन् ।
मंगलबार प्रतियोगिताको उद्घाटन खेलमा बागलुङ नगरपालिका विरुद्ध पालुङटार नगरपालिका गोरखाको विचमा खेल हुनेछ । उक्त खेल दिनको १ बजे बाङ्गेचौर खेलमैदानमा हुने आयोजकले जनाएको छ । यस्तै दोस्रो खेल बुधबार (माघ १७ गते) भकुण्डे खेलमैदानमा १२ बजे गल्कोट नगरपालिका बागलुङ विरुद्ध कुश्मा नगरपालिका पर्वतका विचमा हुनेछ ।
यस्तै विहीबार (१८ गते) बाङ्गेचौर खेलमैदानमा ३ खेल हुनेछन् । पहिलो खेल विहान ८ः३० बजे बेनी नगरपालिका म्याग्दी विरुद्ध गैडाकोट नगरपालिकाको विचमा हुनेछ भने दोस्रो खेल दिउँसो १२ः३० मा देवचुली नगरपालिका नवलपुर विरुद्ध गोरखा नगरपालिका, गोरखाको विचमा हुनेछ र तेस्रो खेल पहिलो क्वाटर फाईनल खेल व्यास नगरपालिका तनहुँले बागलुङ र पालुङटारको विजेतासँग खेल्नेछ ।
यस्तै शुक्रबार दोस्रो क्वाटरफाईनलको खेलमा १२ः३० बजे बाङ्गेचौर खेलमैदानमा पोखरा लेखनाथ महानगरपालिका विरुद्ध गल्कोट र कुश्मा नगरपालिकाको विजेता खेल्नेछन्भने तेस्रो क्वाटरफाईनल खेलमा २ः३० बजे वालिङ नगरपालिका विरुद्ध बेनी र गैडाकोट नगरपालिकाको विजेता विच हुनेछ ।
यस्तै शनिबार सेमिफाईनलका खेलहरु हुनेछन् । पहिलो सेमिफाईनल खेल शनिबार दिउँसो १२ः३० मा पोल ‘सि’ र ‘डि’को विजेता विच हुनेछभने दोस्रो सेमिफाईनल खेल २ः३० बजे पोल ‘ए’ र पोल ‘वि’बाट सेमिफाईनलमा पुग्ने टिम विच हुनेछ । यस्तै फाईनल खेल आईतबार (२१ गते) दिनको १ः३० बजे बाङ्गेचौर खेलमैदानमा हुनेछ ।

खेल तालिका