नेपाल वन पैदावर फर्निचर उद्योग व्यवसायी संघको अध्यक्षमा पुनः सापकोटा

46

विक्रम सुनार
बागलुङ, १३ माघ ।
नेपाल वन पैदावर फर्निचर उद्योग व्यवसायि संघ बागलुङको दोस्रो अधिवेशनले पुनः डम्मर सापकोटाको अध्यक्षतामा १३ सदस्य समिति गठन गरेको छ ।
संघको शनिबार बागलुङको बुर्तिवाङमा सम्पन्न अधिवेशनले अध्यक्षमा पुनः सापकोटालाई नै चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा मादल बहादुर घर्ति, उपाध्यक्ष धन बहादुर खत्री, सचिवमा विमल शर्मा, सहसचिवमा कर्ण बहादुर बोहरा र कोषाध्यक्षमा दुर्गा बहादुर वि.क. रहनुभएको छ ।