पुस्ता हस्तान्तरण नहुँदा व्यवसायी धरासाय बन्दै अध्यक्षः गिरी

31

बिक्रम सुनार
बुर्तिवाङ, १३ माघ ।
फर्निचर तथा फर्निसिङ व्यवसायि महासंघका केन्द्रिय अध्यक्ष भुपेन्द्र गिरीले पछिल्लो समयमा पुस्ताहस्तान्तरण हुन नसक्दा व्यवसायि संकटमा परेको बताउनुभएको छ । नेपाल वन पैदावर फर्निचर उद्योग व्यवसायि संघ बागलुङको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको उदघाटन गर्नका लागि जिल्लाको बुर्तिवाङ आउनुभएका अध्यक्ष गिरीले यस्तो बताउनुभएको हो ।
साना तथा मझेउला उद्योगको रुपमा स्वदेशमै व्यवासायि संचालन गरेतापनि नेपाल युवा विदेश प्लायनले सीप क्षमताको उचित प्रयोग हुन नसक्दा र युवा पुस्तामा व्यवसाय प्रतिको चाख नुहँदा अधिकांश व्यवसाय संंकटमा परेको बताउनुभयो । नेपाल जलस्रोत र वन तथा जंगल प्रस्शत भएकाले स्थानीय स्रोत, साधनको उचित प्रयोग गरि देशमा रोजगारी वृद्धि गर्नुका साथै देशको आर्थिक समृद्धि हुनेमा जोडदिनुभयो । गिरिले स्वदेशको साधनहरु प्रयोगविहीन भएकाले यसको प्रयोग र गुण्स्तरीय बस्तु तथा सामाग्री उत्पादनमा फर्निचर व्यवसायिको भुमिका महत्वपुर्ण हुने औल्याउनुभयो ।
सोही अवसरमा प्रदेश सभाका सदस्य माननीय टेकबहादुर घर्ति, जिल्ला वन कार्यालय बागलुङका सहायक वन अधिकृत रामबहादुर विक, सम्पुर्ण पार्टी तर्फबाट नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य थमप्रसाद पुन, इलाका वन कार्यालय बागलुङका प्रमुख अचुत प्रसाद उपाध्याय, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सदस्य एंव सामुदायिक रेडियो परिवर्तनका प्रवन्धक लोकेन्द्र सुनार, बुर्तिवाङ ढोरपाटन यातयात समितिका महासचिव नरहरि भुषाल, फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका केन्द्रिय सदस्य मथुरा कुमार जोशी, बागलुङ उद्योग बाणिज्य संघ बागलुङका द्धितिय उपाध्यक्ष नरेश कंडेल, बागलुङ नगरपालिका ८ का अध्यक्ष राजन जिसी, फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीका अध्यक्ष ज्ञानबहादुर नेपाली र पोखराका संयोजक होमनाथ अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले व्यवसायलाई सफल बनाउनका लागि सीप,क्षमताको विकास गरि पेशालाई आधुनिकरण गर्नुपर्नेमा जोडदिएका थिए । उनीहरुले राज्यले तय गरेका निती नियम अनुसार व्यवसायलाई सफल बनाउनका लागि गुणस्तरीय उत्पादनमा पनि ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल वन पैदावर फर्निचर उद्योग व्यवसायि संघ बागलुङले नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङको भवन निर्माण लागि नगद ११ हजार १ सय ११ रुपैया सहयोग हस्तान्तरण गरेको छ । रकम नेपाल वन पैदावर फर्निचर उद्योग व्यवसायि संघ बागलुङका अध्यक्ष डम्मर सापकोटाले नेपाल पत्रकार महासंघ उपाध्यक्ष नरेश कंडेललाई हस्तान्तरण गर्नुभएको थियो ।
सोही अवसरमा संघका सचिव बिमल शर्माको प्रगति प्रतिवेदन र कोषाध्यक्ष दुर्गाबहादुर विकले आर्थिक प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो ।
नेपाल वन पैदावर फर्निचर उद्योग व्यवसायि संघ बागलुङका अध्यक्ष डम्मर सापकोटाको अध्यक्षता,बरिष्ठ उपाध्यक्ष दलबहादुर घर्तिले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव बिमल शर्माले गर्नुभएको थियो ।