रेशका उद्यमी सदस्यलाई पशु व्यवस्थापन तालिम

48

बागलुङ, १२ माघ
काठेखोला गाउँपालिका वार्ड नम्बर ७ रेशका उद्यमी समुहका सदस्यहरुका लागि पशु व्यवस्थापन तालिम बिहीबार सम्पन्न भएको छ ।
भीमापोखरा युवा क्लब विवाईसी बागलुङको आयोजना र भिएसओ नेपालको सहयोगमा भएको २ दिने पशु व्यवस्थापन तालिमको सहजिकरण पशु सेवा केन्द्र विहुँका प्रमुख रामकृष्ण शर्मा र पशु स्वास्थ्य करिका विक्रम कार्की र विवाईसी बागलुङका सिनियर सामाजिक कार्यकर्ता रामप्रसाद शर्माले गर्नुभएको थियो । तालिममा ४२ जनाको सहभागिता रहेको थियो ।
यस्तै उक्त अवसरमा एक समुदाय एक परिवार कार्यक्रमका ४६ घरलाई व्यवसायी योजना तयारपारी १५ हजार बराबरको सामाग्रि सहयोग गरिएको थियो । समापन कार्यक्रममा वार्ड नम्बर ७ का वार्ड अध्यक्ष प्रेम लामिछाने र सदस्य सारादा थापाले बोल्नुभएको थियो ।