बागलुङमा राष्ट्रिय शहिद दिवस मनाइने

39

बागलुङ, १० माघ
माघ १६ गते बागलुङ नगरपालिकाको अगुवाईमा राष्ट्रिय शहिद दिवश मनाइने भएको छ ।
बुधबार बागलुङ नगरपालिकाको अगुवाइमा बसिएको जिल्लाका राजनितीक दल, सरकारी कर्मचारी, नागरिक समाज तथा पत्रकारहरुको बैठकले उक्त शहिद दिवश मनाउने निर्णय गरेको हो ।
शहिद दिवस मनाउनको लागि बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलको अध्यक्षतामा १ सय १ मुलसमारोह समिति गठन गरेको हो । समितिमा जिल्लाका राजनैतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका व्यक्ति, सरकारी कर्मचारी र पत्रकार रहेका छन् ।
बैठकले शहिद दिवशका दिन सांसदहरु, राजनैतिक दल, जनप्रतिनिधिहरु, नागरिक समाज, सरकारी एवं गैरसरकारी संस्था, शिक्षक, विद्यार्थी, कर्मचारी, समाजसेवी र जनसमुदायहरुको ¥याली र सेना, प्रहरीको बाजा गाजा, झाँकी सहित धौलागिरी बहुमुखी क्याम्पसदेखि बाङ्गेचौरमा रहेको शहिद स्मृती पार्कमा पुगि शहिदहरुको सालिकमा सेना र प्रहरीको ढुकुछीबाट सलामी अर्पण गरिने निर्णय गरेको छ ।
यस्तै बैठकले सलामी अर्पण पछि सोहि दिनदेखि बागलुङ नगरपालिकाको आयोजनामा बाङ्गेचौर खेलमैदानमा हुन लागेको प्रदेश नं. ४ स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिने निर्णय गरेको छ ।