
भरत सापकोटा
बागलुङ, ८ माघ
बाग्लुङ जिल्ला काँठेखोला ५ बिहुँ स्थित अमर माध्यमिक बिद्यालयले आफ्नो ५२ बार्षिक उत्सव भव्य रुपमा सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं काँठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले सामुदायिक बिद्यालयहरु निक्कै नै खस्कदो अवस्था मा रहेकाले यस क्षेत्र सम्पुर्ण सामुदायिक बिद्धयालय हरु स्तर र शैक्षिक गुणस्तर लाई बृद्धिगर्न एकिकृत योजना मार्फ़त अघि बढ्न लागेको बताएका छन् ।यो योजना आगमि शैक्षिक सत्रबाट सुरु गरिने समेत उद्धघोष गरेका थिए ।
बिद्धालय आर्थिक एवं बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कुल आम्दानि रु १३६३९५५६।६५ र कुल खर्च रु९१६१३३६।९२ रुपैया रहेको बताउदै नेपाल सरकार ले भर्खरै मात्र लागु गरेको नमूना विद्धयालय कार्यक्रम अन्तर्गत अमर माध्यमिक बिद्धालय पर्न सफल भएको जानकारी गराएका थिए ।
सो कार्यक्रममा संस्थापक अध्यक्ष एवं पुर्वसासंद गोबिन्द प्रसाद शर्मा कंडेल, श्रोतब्यक्ति रामानन्द कंडेल, वडा न ५ वडा अध्यक्ष शिवप्रसाद कडेंल, भीमसेन माविका प्रअ रघुनाथ कंडेल, अक्षय कोषदाताहरुको तर्फदेखि बालगौरि अक्षयकोष तर्फबाट गौरिशंकर शर्मा सुवेदि, शिक्षक अभिभावक संघका संयोजक तुलसिराम कंडेल, पुर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन प्रसाद कंडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य नन्दलाल वि.क., बिहुँकोट अमर क्याम्पसका प्राध्यापक कृष्ण प्रसाद कंडेल, भुपु विद्यार्थी भरत सापकोटा, विद्यार्थी गंगा कडेल लगायतले बोल्नु भएको थिया । कार्यक्रमको स्वागत विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम पुनले गरेका थिए ।
शिक्षक गणेश प्रसाद कंडेलले संचालन गर्नुभएको कार्यक्रमको अध्यक्षता जेष्ठ सदस्य होमनाथ कंडेले गर्नुभएको थियो ।