मृगौला पीडित विहुँका शंकरलाई बचाई दिन परिवारको आव्हान

121

भरत सापकोटा
बागलुङ, ८ माघ
काँठेखोला गाउँपालिका वडा ५ बिहुँ काउँले निवासी शंकर बहादुर दर्जिलाई लामो समय देखि दुबै मृगौल फेल भएपछि कसरी उपचार गराउने भन्ने समस्याले सताउन थालेको छ ।
बैशाख महिना देखि मृगौलाले काम गर्न छाडेपछि उनी हाल टिचिङ अस्पताल महराजगंज काठमाडौंमा डायलिसिस गराईरहेका छन् ।
मृगौला फेल भएपछि त्रिवि शिक्षण अस्पताल पोखरामा उपचार गराएका दर्जीको त्यहाँ उपचार सम्भव नहुनेभएपछि अहिले काठमाडौं लगिएको घर परिवारले जानकारी दियो । हालसम्म ३ लाख रुपैयाँ भन्दा बढी खर्च भईसकेको छ उनका भाई मन बहादुर दर्जिले भने अब त उपचार गर्ने आर्थिक अवस्था त छैननै डाईरालिसिस गर्ने आर्थिक अवस्था पनि नरहेकाले सहयोग गर्न अनुरोध गर्दछौं ।
पीडित दर्जीकी श्रीमती डिल कुमारी दमिनीले भनीन् घरको आर्थिक स्रोत केही छैन हामी उहाँलाई बचाउन चाहन्छौं सवैले सहयोग गरिदिनुहोस् ।
उहाँको उपचारमा ठुलो खर्च लागि सकेको छ र हाम्रो आर्थिक अवस्था पनि निकै कमजोर रहेको छ डिल कुमारी दमिनीले भनीन हामीले उहाँको मृगौला प्रत्यारोपण गराउन चाहन्छौं तर ठूलो खर्च लाग्ने हुनाले हामीले सवैसँग हात जोडेर उहाँलाई बचाईदिन अनुरोध गर्दछौं ।
७ छोरी र एक छोरा रहेका उनको परिवारमा बिहान वेलुका अरुको काम गरि छाँक टार्ने गरेको तर घरमुली नै थलापरेपछि अहिले कसरी छाक टार्ने भन्ने समस्याले पिरोली रहेको श्रीमती डिलकुमारी दमिनी बताईन ।
दर्जीलाई सहयोग गर्नको लागि हिमालय बैंक बागलुङको खाता नम्बर ०२९०३७३५८७००१४ र सम्पर्क नम्बर ९८५११३८२८५ सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।