अमर आदर्श गोल्ड कपको उपाधि फ्युचरलाई

38

बागलुङ, ७ माघ
अमर आदर्श आवासिय विद्यालय बागलुङले आयोजना गरेको अमर आदर्श गोल्ड कप–२०७४ अन्तर (१०+२) पुरुष फुटबल प्रतियोगिताको उपाधि फ्युचर ब्राईटर माविले जितेको छ ।
आईतबार बाङ्गेचौर खेलमैदानमा भएको फाईनल खेलमा आयोजक अमर आदर्श मावि (ग्रिन)लाई ०–२ गोलअन्तरले पराजित गर्दै फ्युचरले उपाधि चुमेको हो ।
पहिलो हाप दुवै टिमले पाएको उत्कृष्ट मौकामा गोल गर्न नसकेपछि बराबरीमा सकिएको थियो । पहिलो हाफमा प्रतियोगितामा १३ गोल गर्दै उत्कृष्ट गोलकर्ता बनेका आशिक केसीको ३ प्रहार गोलबारमा लागेर फर्किएको थियो ।
दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गरेता पनि फ्युचरले गोलको लागि खेलको ५२ मिनेट कुर्नपरेको थियो । अनमार्क रहेका मिडफिल्डर सागर थापाले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एक गोलगरेपछि आक्रमक रुपमा प्रस्तुत भएको फ्युचरको लागि ६७ मिनेटमा कप्तान कमल थापाले उत्कृष्ट गर्दै जित सुनिश्चित गरेका थिए ।


प्रतियोगिताको विजेता फ्युटरले ट्रफि सहित नगद २५ हजार रुपैयाँ प्राप्त ग¥योभने उपविजेतामा सिमित बनेको अमरले ट्रफि सहित नगद १५ हजार रुपैयाँ प्राप्त ग¥यो । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी अमर आदर्शका रोहन खड्का चुनिएभने उत्कृष्ट डिफेन्डर अमरका कप्तान निशान थापा, उत्कृष्ट मिडफिल्डर फ्युचरका कप्तान कमल थापा र उत्कृष्ट गोलकिपर अमरका विश्वास पुन चुनिएका छन् ।
विजेता टिम र खेलाडीलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियार र अमर आदर्श आवासिय माविका अध्यक्ष विजयराज पन्तले पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरणको संचालन सहायक प्रिन्सिपल कमल पन्तले गर्नुभएको थियो ।