मेयर कपको तयारी तिब्र गतिमा, दर्शकको लागि प्याराफिट निर्माण हुँदै

192

अर्जुन कार्की
बागलुङ, ७ माघ
धौलागिरीकै सर्वाधिक पुरस्कार राशिको प्रथम मेयर कप फुटबल प्रतियोगिताको मिति नजिकिदै गर्दा तयारी तिब्रगतिमा अगाडी बढेको छ ।
शहिद दिवसको अवसरमा बागलुङ नगरपालिकाले आयोजना गरेको प्रदेश नम्बर ४ स्तरिय मेयर कप फुटबल प्रतियोगिताको लागि अहिले मैदान मर्मत, प्रचार प्रसार, खानेपानी, चर्पि, चेन्जिङ रुप लगायतको कामहरुलाई तिब्र रुपमा अगाडी बढाईएको छ ।
जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला फुटबल संघ बागलुङको सहयोगी भुमिकामा हुन लागेको प्रतियोगितामा प्रदेश नम्बर ४ का २० भन्दा बढी नगरपालिकाहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
बागलुङको खेलकुदमा गौरवको रुपमा लिइएको मेयर कपको लागि अहिले प्याराफिट निर्माण, खेलमैदान मर्मत, देशव्यापी प्रचारप्रसार, ट्रफि, मेडल लगायतको कामहरु अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले बताउनुभयो ।

दर्शकको लागि बाङ्गेचौर खैलमैदानमा बनाईदै गरेको प्राकृतिक प्याराफिट ।

मेयर कपलाई जिल्लाको खेलकुदकै प्रतिष्ठाको रुपमा लिइएको छ अध्यक्ष परियारले भन्नुभयो जिल्लामै पहिलो पटक प्रतियोगिता दुई स्थानमा संचालन गरिने र खेलकुदमा बागलुङ पोखरा पछिको एक मात्र स्थान रहेको पुष्टि गरिने अध्यक्ष परियारले बताउनुभयो ।
प्रतियोगितालाई बागलुङ नगरपालिका–१ को बाङ्गेचौर खेलमैदान र बा.न.पा.–१० को भकुण्डे खेलमैदानमा संचालन गरिने छ ।
अहिले भकुण्डे खेलमैदानलाई मापदण्ड अनुसारको बनाउनको लागि मैदान मर्मतको काम सम्पन्न भएको र दर्शक बस्नको लागि प्याराफिट निर्माणको काम भईरहेको छभने बाङ्गेचौर खेलमैदानमा पनि दर्शको लागि प्राकृतिक प्याराफिटको काम अन्तिम चरणमा पुगेको जिल्ला फुटबल संघका कोषाध्यक्ष सुर्य लामिछानेले बताउनुभयो ।
बाङ्गेचौर खेलमैदानमा खानेपानीको व्यवस्थापन, चर्पि, चेन्जिङ रुमको व्यवस्थापन, पार्किङ्ग स्थल लगायतको काम सकिसकेको जिल्ला फुटबल संघका अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो ।
यस्तै प्रतियोगिताको लागि १२ गतेसम्म टिम दर्ताको समय रहेको आयोजकले जनाएको छ । आयोजकले १३ गते टाईसेट निकालिने र सोहि दिन ट्रफि सार्वजनिक गरिने जिल्ला फुटबल संघका महासचिव जय राजभण्डारीले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः २ लाख २२ हजार २ सय २२ र१ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राईकर र प्रशिक्षकले सम्मान ५–५ हजार प्राप्त गर्ने आयोजकले जानएको छ । यस्तै प्रतियोगिताको समेमिफाइनल पुग्ने टिमका खेलाडीहरुलाई प्रतिदिनको भत्ताको व्यवस्था गरिने आयोजकले जनाएको छ ।