
पोखरा, ७ माघ
प्रदेश सभा ४ का सांसदले आफ्नो पद तथा गोपनियताको सपथ लिएका छन् । सांसदलाई केहीबेर अघि नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा पद तथा गोपनीयताको शपथ गराइएको हो । प्रदेश प्रमुख बाबुराम कँुवरले जेष्ठ सदस्य जनकलाल श्रेष्ठलाई प्रदेशप्रमुखको कार्यालयमा शपथ गराएपछि उहाले बाँकी सदस्यलाई शपथ गराउनु भयो ।
यस प्रदेशमा ३६ प्रत्यक्ष र २४ समानुपातिक सदस्य रहेका छन् । सपथ ग्रहणमा तनहुका रामबहादुर गुरुङ र मनाङका राजीव गुरुङ अनुपस्थित रहेका छन् । उनिहरुलाई पछि सपथ गराईने बताइएको छ । मनाङका प्रदेश सभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङ सर्वोच्च अदालतको फैसलाबाट संसद् हुनबाट वञ्चित रहेकाले श्रेष्ठले बाँकी ५७ सदस्यलाई शपथ गराउनु भयो ।









